श्रावण ९ गते २०८३
05:01: PM
श्रावण ९ गते २०८३
05:01: PM

तीन दिनको भारी वर्षा मत्थर हुने संकेत

असाेज १२ गते २०८१
5:12 pm
Author Avatar
फक्ताङलुङ दर्पण

लगातार तीन दिनसम्म परेको भारी वर्षा शनिबार साँझदेखि केही मत्थर हुँदै जाने पूर्वानुमान गरिएको छ। बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीका अनुसार, वर्षाको स्तर शनिबारदेखि विस्तारै घट्दै जाने सम्भावना छ। ूआज साँझदेखि वर्षा केही कम हुनेछ, तर एकैचोटि रोकिने होइन, भोलिसम्म पनि छिटफुट वर्षा जारी रहन सक्छ। अहिलेको तीव्रता भने क्रमशः घट्दै जानेछ,ू उनले भने।

पराजुलीका अनुसार, मौसमी प्रणाली आइतबारदेखि कमजोर हुँदै जानेछ, तर पूर्ण रूपमा सुधार हुन केही समय लाग्नेछ। ूबादल पूर्ण रूपमा फाट्न केही दिन लाग्छ, तर आइतबारदेखि कतिपय क्षेत्रमा सुधार देखिन सक्छ, र छिटपुट वर्षा पनि हुन सक्छ,ू उनले थपे। पूर्वी झापादेखि पश्चिमी कपिलवस्तुसम्म धेरै प्रभावित क्षेत्र रहेको जानकारी दिँदै, पराजुलीले नेपालको पश्चिमी भेगबाट मौसम सुधार हुँदै आएको उल्लेख गरे। यससँगै, यो वर्षको मनसुन प्रणाली पनि अन्त्यतिर उन्मुख छ।

बंगालको खाडीबाट आएको न्यून चापीय प्रणाली र नेपाल(भारत सीमामा अवस्थित मनसुन रेखा नै यसपटकको अविरल वर्षाको मुख्य कारण भएको शाखाले जनाएको छ। नेपालको सीमाना जोडिएका भारतीय क्षेत्रहरूमा पनि भारी वर्षा भएको छ।

पछिल्ला तीन दिनमा देशभरि व्यापक वर्षा भएको छ। केही ठाउँमा तीन सय मिलिमिटरभन्दा बढी पानी परेको शाखाको तथ्यांकले देखाएको छ। पराजुलीका अनुसार, कतिपय क्षेत्रमा दुई सय मिलिमिटरभन्दा बढी पानी परेको छ। पछिल्लो चौबीस घण्टामा एक सय ४० मिलिमिटरभन्दा बढी वर्षा हुँदा खतराको तह नाघेको मानिन्छ, र १०७ वटा वर्षा मापन केन्द्रले खतराको तह पार गरेको देखाएको छ।

देशभरका ७७ वटै जिल्लामा वर्षा भएको छ भने कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा भने खासै ठूलो वर्षा भएको छैन। तर बागमती, मधेस, लुम्बिनी, र गण्डकी प्रदेशमा भने भारी वर्षा भएको छ।

बाढी पूर्वानुमान शाखाले जल सतह खतराको तह पार गरेका २३ वटा नदी क्षेत्रका बासिन्दाहरूलाई एसएमएस मार्फत जोखिमको सूचना पठाएको छ भने १७ नदी क्षेत्रका बासिन्दालाई सतर्क रहन निरन्तर सूचना दिइरहेको छ। वेभसाइट, सामाजिक सञ्जाल, र नियमित बुलेटिनमार्फत पनि सूचना जारी भइरहेको शाखाले जनाएको छ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo