ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नं। ४ तेल्लोकस्थित निर्माणाधीन अपर काबेली जलविद्युत् आयोजनामा कार्यरत स्काईभेटर अनियन्त्रित भएर काबेली खोलामा डुबेको छ।
बागमती प्रदेश–०१–००४ क २९३० नम्बरको स्काईभेटर काबेली नदीको माथिल्लो किनारमा काम गरिरहेकै अवस्थामा दुर्घटनाग्रस्त भएको हो। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार स्काईभेटर खोलामा आधा डुबेको अवस्थामा छ।
स्काईभेटरका चालक, २४ वर्षीय स्थानीय निकेश भट्टराई, सकुशल रहेको र अहिले स्काईभेटरलाई खोलाबाट निकाल्ने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
