यति खेर उच्च हिमाली क्षेत्रमा विभिन्न प्रजातिका फूलहरुले सजिएको छ । गरगहानाले दुलही सजिए जस्तै हिमाली क्षेत्र फूलका गुच्छाले ढकमक्क सजिएको छ । उच्च हिमालक्षेत्रमा घुमघाम गर्न जाने जो को ही सधैका लागि हिमालमै रहिरहौं जस्तो लाग्छ । समुद्र सतह देखि चार हजार देखि ५ हजार ६०० मिटर उच्चाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेन,पाँचपङगाल र तोक्पेगोला क्षेत्रमा फूलेको विभिन्न प्रजातिका जडिबुटी तथा वनस्पतीका फूलहरु । तस्बिरः दिलकुमार लिम्बू,फक्ताङलुङ दर्पण