ताप्लेजुङमा पिकअप भ्यानमा माथिबाट खसेको पहिरोसहितको ढुङ्गाले लाग्दा एक महिला मृत्यु भएको छ । फक्ताङलुङ गाउँपालिका–३ बस्ने २६ वर्षीया निर्मला गुरुङ मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी विवेक बस्नेतका अनुसार फुङ्लिङ देखि फक्ताङलुङ गाउँपालिका जादै गरेको मे १ ज १३६२ नम्बरको पिकअप भ्यानकमाथि फक्ताङलुङ गाउँपालिका—३ सिवा क्षेत्रमा पहिरोसहितको ढुङ्गा खसेको थियो ।
प्रहरीका अनुसार घाइते टाउकोमा गम्भीर चोट लागे पछि जिल्ला अस्पतालमा ताप्लेजुङमा बेलुका ६ः ४५ को समयमा ल्याई डाक्टरले चेकजाँच गर्दा निजको मृत्यु भईसकेको भनि घोषणा गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी बस्नेतले जानकारी दिनुभएको छ । गाडी चालक रुपेश सुनुवार अहिले सिँवा प्रहरी चौकीसँग सम्पर्कमा रहेको प्रहरी अधिकारी बस्नेतले जानकारी दिएका छन । …