श्रावण ९ गते २०८३
06:11: PM
श्रावण ९ गते २०८३
06:11: PM

काबेली खेलामा खसेर एक बालिका बेपत्ता

भाद्र २२ गते २०८१
7:35 am
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको सिरिजंघा गाउँपालिका–५ मा खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छिन् । पेदाङका स्थानीय टंक प्रसाद भण्डारीकी ६ वर्षीया छोरी सन्ध्या भण्डारी शुक्रबार अपरान्ह काबेली खोलामा खसेर बेपत्ता भएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी कमलकुमार लुङगेलीका अनुसार बालिका साथीहरूसँग माछाको भुरा समाउन “टिकटक“ भनिने झरनामा गएको समयमा काबेली खोलामा खसेको थियो । परिवारलाई जानकारी नदिई गएका बालिका अपरान्ह ३ बजे खोलामा खसेको बताइएको छ ।
प्रहरी र स्थानीय टोलिले खोजी गरे पनि बालिकालाई हिजो साँझसम्म फेला पार्न नसकिएको र आज बिहानदेखि खोजीकार्य पुनः सुरु गरिएको प्रहरीले जनाएको छ ।…

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo