वैशाख ५ गते २०८२
10:17: PM
वैशाख ५ गते २०८२
10:17: PM

ताप्लेजुङ गोल्डकपः मोरङ फाइनमा प्रवेश

भाद्र ७ गते २०८१
5:33 pm
Author Avatar
फक्ताङलुङ दर्पण

अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कप खेलमा संघर्ष स्पोर्टिङ युवा क्लब ताप्लेजुङलाई पछि पार्दै सगरमाथा युथ क्लब मोरङ फाइनल खेलमा प्रवेश गरेको छ । २—१ गोल अन्तरले ताप्लेजुङ पछि पार्दै मोरङ फाइनलमा प्रवेश गरेको हो ।
विहिबार भएका पहिलो सेमिफाइनल खेलमा सगरमाथा युथ क्लब मोरङका खेलाडी मिलन राईले खेल सुरुभएको २४ मिनेटमा पहिलो गोल गर्नु सफल हुनुभएको थियो । संघर्ष स्पोर्टिङ युवा क्लब ताप्लेजुङका खेलाडी अनुप सेन्दाङले खेल सुरुभएको ६१ मिनेटमा गोल गरेर खेल बराबर बनाएको थियो । निर्धारित समयमा १—१ गोलमा बराबर भए पछि १० मिनेट थप गरिएको समयमा मोरङका खेलाडी मिलन राईले दोस्रो पटक गोल गरेसंगै सगरमाथा युथ क्लब मोरङ फाइन खेलमा प्रवेश गरेको हो । दुई गोला गर्न सफल मोरङका खेलाडी जर्सी नम्बर ४ का मिलन राई म्यनअफद म्याच समेत घोषित हुनु भएको आयोजकले जनाएको छ ।
ताप्लेजुङ टीमले भारत सिलिगुढीको कञ्चनजंघा फुटबल क्बललाई ७–५ गोलले पराजित गर्दै सेमिफाईनलमा प्रबेश गरेको हो । मोरङले रुपन्देहीको बुटवल लुम्बिनी फुटबल क्बललाई १–० गोलले पछि पार्दै सेमिफाईनल खेलमा प्रवेश गरेको थियो ।
यस्तै सनिवार हुने सेमिफाईनलको दोश्रो खेलमा सलहेस युवा क्लब सिरहा र बिर्तामोड युनाईटेड फुटबल क्बल, झापाबीच प्रतिष्पर्धा गर्दैछन् ।
भदौ १० गते हुने प्रतियोगिताको बिजेताले ५ लाख र उपबिजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo