श्रावण १० गते २०८३
06:25: PM
श्रावण १० गते २०८३
06:25: PM

घर घरमै सेवा उपलब्ध गराउँदै फक्ताङलुङ गाउँपालिका

श्रावण ८ गते २०८१
2:09 pm
Author Avatar
फक्ताङलुङ दर्पण

विवश केदेम/ताप्लेजुङ
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले नागरिकहरुको घर आगनमै सेवा उपलब्ध गराउँदै आएको छ । स्थानीय सरकारको अनुभुती गराउन गाउँपालिकाले नागरिकहरुको घर आगनमै पुगेर सेवा दिन थालेको हो


जनप्रतिनिधि, कर्मचारी र स्वास्थकर्मीको टोलीले नागरिकहरुको घरमै पुगेर स्वास्थ्य अवस्था चेकजाँच गर्दछन भने थप उपचारका लागि समेत परामर्श दिने गरिएको छ । फक्ताङलुङ गाउँपालिका—२ खेजिनिमका वडा अध्यक्ष भुपेन्द्र चौंलागाई आज बिहान देखि नागरिकहरुको घर—घर पुगेर सेवामा व्यस्त हुनुहुन्छ । स्वास्थ्य परिक्षण, परामर्श र सामाजिक सुरक्षा भत्ता वितरण गर्न प्रत्येक घर घरमा पुगेर सेवा दिनका लागि व्यस्थ हुनुभएको हो ।

उहाँले भन्नुभयो“आज बिहान देखि सुरु गरेको अहिले ४७ जनाको स्वस्थ्य परिक्षण र सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएका छौं ।” उहाँका अनुसार फक्ताङलुङ गाउँपालिका—२ खेजिनिममा २०० जना सामाजिक सुरक्षा भत्ता पाउँने नागरिक छन् । चौंलागाईले भन्नुभयो“आज देखि विहिबार सम्ममा सकाउने गरि गाउँ डुल्दै छौं ।” कार्यक्रम विषेश गरी फरक क्षमता भएका, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती तथा सुत्केरी महिला र स्वास्थ्य संस्थाको पहुँचभन्दा टाढा रहेका नागरिकलाई प्राथमिकतामा राखी सञ्चालन गरेको गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताउनुभयो । नागरिकले घरआगनमै स्थानीय सरकार आएको अनुभूति गर्न पाउन भनेर कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ ।

पालिकाले ज्येष्ठ नागरिक तथा आर्थिक रूपमा विपन्न नागरिकलाई स्वास्थ्य सेवाको सहज पहुँच पुराउन निःशुल्क एम्बुलेन्स र निःशुल्क औषधिसमेत उपलब्ध गराउँदै आएको छ । दिर्घ रोगीहरूलाई घरमै पुगेर स्वास्थ्य जाँच तथा औषधि उपचारसमेत गर्ने गरिएको छ । दम, सुगर, मधुमेहलगायत नियमित औषधि खानुपर्ने बिरामीहरूको स्वास्थ्य चेकजाँचसँगै उपचारसमेत गर्ने गरिएको हो । त्यति मात्रै होइन स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन पालिकाले सबै वडाका स्वास्थ्य चौकीलाई व्यवस्थित गरेको छ ।


टोल–टोलमा स्वास्थ्य स्वयमसेविका मार्फत सचेतना कार्यक्रम पनि सञ्चालन गरेको छ । कार्यक्रमको उद्देश्य स्वास्थ्य संस्थामा सुत्केरी हुन प्रेरित गर्ने रहेको पालिकाले जनाएको छ । आवश्यक औषधि निःशुल्क उपलब्ध गराउने गरेका छन् । भौगोलिक दृष्टिले विकट बस्तीहरूमा कार्यक्रम प्रभावकारी मानिएको गाउँपालिकाले जनाएको छ । ज्येष्ठ नागरिकलाई आफ्नो स्वास्थ्य अवस्था तथा महिलालाई गर्भको बच्चाको अवस्थाका बारेमा समयमै जानकारी नहुँदा ज्यान गुमाउनुपर्ने बाध्यता भएपछि गाउँपालिकाले उक्त अभियानको थालनी गरेको अध्यक्ष लिम्बूले बताउनुभयो । प्रत्येक तीन तीन महिनाको अन्तरमा नागरिकहरुको घर आगनमा पुगेर सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य परिक्षण साथै परामर्श समेत दिदैँ आएको गाउँपालिकाले जनाएको छ ।…

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo