श्रावण १० गते २०८३
07:53: AM
श्रावण १० गते २०८३
07:53: AM

आज बाह्रौँ राष्ट्रिय कृषक दिवस

जेठ २७ गते २०८१
6:39 am
Author Avatar
फक्ताङलुङ दर्पण

नेपाल एउटा कृषि प्रधान देश हो र हरेक वर्ष जेष्ठ २७ को दिन देशभरका कृषकहरुको सम्मानको लागि राष्ट्रिय कृषक दिवस मनाइने गरिन्छ। आजको दिन देशभित्र, कृषक सेवा समितिले कृषकको प्रोत्साहन र सम्मानको लागि विभिन्न कार्यक्रम आयोजना गर्ने गरेका छन्। बि।सं २०७० साल देखि प्रत्येक वर्ष कृषक सेवा समितिले मनाउदै आएको यो उत्सवको अवसरमा आज विभिन्न स्थानका उत्कृष्ट कृषकलाई सम्मान पनि गरिने गरिएको छ। यस वर्ष अर्थात् वर्ष २०८१ को कृषि दिवस चाहिँ १२ औँ संस्करण हो ।
जीवन रक्षात्मक उत्पादनमूलक काममा लागेको कृषकलाई सम्मानित गरी, कृषक प्रधानता रहेको हाम्रो मुलुक नेपालको विकासमा सहयोग गरौँ भन्ने मूल आशयका साथ बाह्रौँ राष्ट्रिय कृषक दिवस २०८१ जेठ २७ गते विभिन्न स्थानमा विभिन्न वर्गका कृषकहरूलाई सम्मानित गरी मनाउन राष्ट्रिय कृषक महासङ्घ नेपाल राष्ट्रिय कृषक दिवस व्यवस्थापन समिति ले विनम्र अनुरोध गरेको छ । कृषि पेसालाई प्रवर्धन गर्दै, निर्वासमुखी कृषि बाट ब्यवसाहीक कृषिको यात्रालाई पैरवी गर्न नेपालमा यस दिवसको विशेष महत्त्व रहेको छ ।
आउदा पुस्ताहरुमा कृषिको महत्व र यसको आवश्यकता बुझाउन जरुरी छ। कृषकको सम्मान गरौ, कृषकलाई प्रोत्साहन गरौ।
राष्ट्रिय कृषक दिवसको सबैमा शुभकामना। हाम्रो पात्रोको सयहयोगमा

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo