देबेन्द्र बानियाँ, ताप्लेजुङ रसानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड द्वारा निर्माणाधीन मध्य तमोर जलविद्युत आयोजना ९७३ मेगावाट० को सामुदायिक सहयोग कार्यक्रम अन्तर्गत रहने गरि आयोजनाको मुख्य प्रभावित क्षेत्रका बासिन्दाहरुलाई सहज हुने उद्देश्यले मिक्वाखोला गाउँपालिकालाई एक थान एम्बुलेन्स एम्बुलेन्स हस्तान्तरण गरिएको छ।
आइतबार मिक्वाखोला गाउँपालिकाको कार्यालयमा एक कार्यक्रम गर्दै हाइड्रोपावरले पालिकालाई एम्बुलेन्स प्रदान गरेको हो।
हाइड्रोपावर कम्पनीका उक्त एम्बुलेन्स मिक्वाखोला गाउँपालिकाको खोक्लिङ मा रहने त्यही क्षेत्रबाट मिक्वाखोला बासीलाई बिरामी हुँदा एम्बुलेन्स उपलब्ध हुने बताइएको छ।
यसअघि पनि सानीमा हाइड्रोपावर कम्पनीले जिल्लाको फक्ताङलुङ गाउँपालिकालाई एक थान एम्बुलेन्स उपलब्ध गराएको थियो। हाइड्रोपावरले एम्बुलेन्स उपलब्ध गराएसँगै दुर्गम क्षेत्रका नागरिकलाई भने सदरमुकामसम्म उपचार गर्नका लागि लैजान सहज भएको बताइएको छ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
