श्रावण १० गते २०८३
07:03: AM
श्रावण १० गते २०८३
07:03: AM

फुटबल रेफ्री लोकराज ढुङगाना दाईलाई यो घडीमा सम्झदा !

मंसिर २४ गते २०८०
3:20 pm
Author Avatar
फक्ताङलुङ दर्पण

-राजा माबो
ताप्लेजुङ्गको सदरमुकाम फुङ्लिङ बजारमा बसेर म पढ्दै थिए । हरेक बर्ष लाग्ने राके बजारको फुटबल खेलमा विशाल जनमासको बिच,विशाल मैदान,भानु स्कुलको ग्राउन्डमा,देब्रे हातमा सिट्ठी लिएर पुक्दै दौडी–दौडी खेल खेलाई रहेको अवस्थामा लोकराज ढुङगाना दाईलाई मैले पहिलो पल्ट देखेको हुँ ।
त्यस पस्चात फुङ्लिङ बजारको धेरै जमघटहरुमा उहालाई खेलाडी,कलाकार लगायत विभिन्न क्षेत्रका हस्तिहरुसंग विशेष ब्याक्तिको रुपमा देखेको थिए । त्यसको करिव ५÷७ बर्ष पछि म राष्ट्रसेवक भएर सेवाको क्रममा आफ्नै गाउँ झापाको बुधबारेमा पुग्दा लोकराज दाईसंग प्रत्यक्ष भेटघाट अनि नजिकबाट चिनजान भयो।सरल र मिजासिलो स्वाभावका हुनुहुदोरहेछ उहाँ हामी पहिलो भेटमै प्रगाढ बन्यौ।अन्त,त हामी गाउले पनि रहेछौ । उहाँ हालको बुद्धशान्ति–१ बस्नुहुन्थ्यो भने म पनि त्यहि गाउँमा बस्तै आएको छु ।
उहासंग मेरो भेट दिनमा भन्दा पनि प्राय साझ र बिहानमा हुने गर्थ्यो,विहान मर्डिङ वाकमा,चिया पसलमा त्यस्तै उस्तै विहानी परिवेशको वातावरणमा भने साझमा साथि भाई जमघटमा,रमाईलोमा या त होटल पसल तिर।अलि पछि त हामी नियमित भेटघाटको टिम सदस्य जस्तै पनि भयौ । सरल र सोझो कुराकानीमा प्रस्तुत हुनुहुने उहाँ कहिले काहीँ पिएझै गर्दा खुव साथी भाईहरुसंग रमाईलो र ठट्टा गर्ने गर्नु हुन्थ्यो।खेलहरुमा बाहिरी जानू हुदा उक्त समय भरि हाम्रो भेट हुन्थेन,उहाँ आउनु भए पछि पुःन भेटघाट जमघटले धर पाउथेन । मैले जिवनमा टुनामेन्ट भन्ने शब्द र त्यो शब्दको अर्थ उहाकै मुखबाट पहिलो पल्ट सुनेर बुझेको हुँ ।
एक पल्ट करिव डेढ महिना पछिको हाम्रो भेटमा उहाको हुलिया अलि फरक देखेको थिए मैल र सोधे “लोक दाई टाढैको गेममा जानू भएको थियो!अलि सिलिम पनि हुनु भएछ ? उहाँले “होईन अलि सन्च नभएर हो भाई घरमै बसे,भन्नू भयो।त्यो भेटमा उहाले तातो पानी मात्रै पिउनु भयो । केही साथी र मैले केही थान गोर्खा सर्वत लियौ । एक जना दाईले “थोरै लिउ न लोकराज जी“ भन्दा उहाले “होईन नगरौ“ भन्ने उहाको प्रतिक्रिया थियो । मैले पनि “त्यस्तो गाह्रोनै छैन भने थोरै लिदा हुन्थ्यो नि दाई“ भने,उहाले “होईन भाई तपाईहरु लिनुस न,म नलिने मान्छे कहाँ हो र!लिन नमिलेर पो त,ठिक भए पछि लिउला नि “भन्नू भए पछि हामीले कर गरेनौ । उहाको यश धर्तीबाट बिदाई पश्चात् खानपिनको पक्षलाई मात्र जोडेर मैले यो लेख तयार पार्नु खेजेको बिल्कुल होईन,त्यत्रो संगत समयमा उहाले त्यस्तो ज्यानै छाडेर पिएको पनि मैले देखिन र मेरो नजरमा उहाँ त्यस्तो ब्याक्ति पनि होईन । उहा संगको संगतमा यी बाहेक अरु थुप्रै राम्रा भेटघाट र संगतका कुराहरु पनि छन् त्यी सबै कुराहरु यहाँ कोरेर साध्य कहाँ छ र ! डेढ महिना पछिको त्यो भेट बखत उहाले एउटा गज्जबको उहाको किस्सा पनि सुनाउनु भएको थियो।एक पल्ट बुधबारे आसपास कतै गेम थिएछ ठ्याक्कै उहाले भन्नू भएको ठाउँ भुले मैले।गेम सकिए पछि साथी भाई आयोजक बसेर गेम सफलता पुर्वक सकिएको खुसी र उपलक्ष्यमा चियापानमा जम्नु भएछ।चियापानको जमाई अबधि लम्बिएर रात निक्कै छिपिए पछि उहाँ एक्लै घर तिर लाग्नु भएछ।रातको समय,जुनको छाया,सुपारीको बगानमा हात्तीसंग उहाको निक्कै नजिक पुगेर मात्र देखादेख भएछ।आकस्मिकरुपमा भएको भेटमा करिव २÷३ मिनेट उहाहरु बिच तारातार हेराहेर भयो रे,त्यति लामो समयमा पनि दुईले आ–आफ्नो ठाउँ नछोडि रहे पछि अन्तमा दाईले गोजीबाट सिट्ठी झिकेर फुक्नु भयो रे,सिट्टी फुकेर पनि हात्ती नभागे पछि आफू भाग्नु भयो रे,अनि “अन्तै बाटो घुमेर घर पुगे“ भनेर सुनाउनु भो,हामी मरिन्जेल हास्यौ । फेरि थप्नु भो “सिट्टि त फुके,हात्ती भागेन म भागे तर मैले भागेर गल्ति गरेछु,रेड कार्ड नदेखाई भागेछु,कार्ड देखाएको भए उ भाग्थ्यो होला कि ! “फेरि सिमाहिन हाँस्यौ हामी।एक जना दाईले “तिमी पनि कस्तो रेफ्रि त सिट्टिले कहाँ आउट हुने हो त,कार्ड पो त,होईन र !?“ थप्नु भो।लोक दाईले “त्यहि त कार्ड देखाउन चाहिँ भुलेछु “भन्नू भो । त्यो बसाईमा यति धेरै हासियो यहाँ गरिएको बयानले पूरा हुदैन ।
त्यसरी त्यो बेला सुनाउनु भएको उहाको किस्सा सत्यनै थियो या उहाले रमाईलोको निम्ति भन्नू भएको थियो त्यो उहाँ र भगवानलाई मात्रै थाहा होला । तर,आज उहाँ यो धर्तिमा भौतिकरुपले हामी सामु हुनुहुन्न।उहासंगको संगत समयले दिएको खुसीको कयन गुणा बढी दुःख आज यो घडीमा उहाँलाई हामीले गुमाउनुमा परेको छ । हुन त जिवनको केहि छोटो समय मात्र हाम्रो संगत रहे पनि हजारौमा एक थियो त्यो।उहाले देशलाई फुटवल खेल जगतमा पुर्याउनु भएको योगदान सधा–सधा खेलप्रेमी,खेलाडी समाज र राष्ट्रले गदर गर्ने छ।हुन त हामी सबैले उहाँ जसरिनै यो धर्तिलाई एक दिन छाडेर जानेछौ तर साथी भाई सर समाज देश राष्ट्रको मनमा रहिरहनु चाहिँ मुख्य कुरा हो।लोकराज दाईले हामी रहुन्जेल हाम्रो मन मनसपटलमा उहाले याद र सम्झनाको छाप ठोकेर जानू भएको छ,सिंगो फुटबल जगतमा योगदान दिएर जानू भएको छ ।
अन्तमा, म प्राय कसैलाई श्रद्धाञ्जली लेख्दिन्न । श्रद्धाञ्जली मरेकालाई दिईने शब्द सुमन हो।यो संसारबाट भौतिक सरिरको त्यागनै पुर्ण मृत्यु होईन,वस!आत्माले बसाई सरेर गएको मात्र हो।र अर्को मृत आत्माको शान्तिको कामना त म झनै लेख्दिन,किन कि म मान्छेको आत्माको मृत्यु हुन्छ या आत्मा मर्छ भन्ने कुरामा विस्वास गर्दिन,आत्मा त सधै जिवित र अमृत हुन्छ भन्ने पक्षमा विस्वास गर्दछु।त्यसकारण लोकराज दाई सधा–सधा अमर हुनुहुन्छ । वस ! उहाको नाम जस्तै लोक मात्र हाम्रो फरक भएको हो।उहाँ हाम्रो मन मटुमा सधै भरि रहिरहनु हुने छ ।
उहालाई “श्रद्धाञ्जली र मृतआत्मा “भन्ने शब्द छुटाउदै, दाईको आत्माले शान्ति पावोस्, टुङ्गोमा पुगोस् भन्ने युमा माङ्संग कामना गर्दछ ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo