श्रावण १० गते २०८३
12:51: PM
श्रावण १० गते २०८३
12:51: PM

उच्च हिमाली क्षेत्रमा सामान्य हिमपात किसानलाई राहत

मंसिर २२ गते २०८०
8:49 am
Author Avatar
फक्ताङलुङ दर्पण

देवेन्द्र बानिया/ताप्लेजुङ

ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा सामान्य हिमपात भएको छ। बिहीबार साँझ वर्षासंगै सामान्य हिमपात किसानलाई भने केही राहत पुगेको छ ।
ओलाङ्चुङगोला ,याङमा घुन्सा , लेलेप , गयाब्ला, फले लगायतका बस्तीमा सामान्य हिमपात भएको फक्ताङलुङ गाउँपालिका—६ घुन्साका स्थानीय टाँसी तेन्जिङले बताउनुभयो । सामान्य हिमपात भएकाले खासै जनजिवन प्रभावित भने नभएको शेर्पाले बताउनुभयो ।
यता प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिर क्षेत्रमा समेत हल्का हिमपात रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन् हाङबाङ ले जानकारी दिनुभयो।
वर्षासंगै सामान्य हिमपात भएकाले ताप्लेजुङमा चिसो बढेको छ।
हिउँ पर्ने सुरु गरे सँगै पाथीभरा दर्शन गर्न आएका सयौ तिर्थरती लाई भने हिउँमा खेलले र रमाउन चाहने स्थानिय बासीभने खुसी भएका छन्। आज बिहानै पाथीभरा मन्दिरको दर्शन गर्न निस्कने भक्त जानलाई हिउको आनन्द लिन सकिने मोरङका नवीन नारण यादवले बताउनुभयो।
गएको वर्ष को तुलनामा यो वर्ष ताप्लेजुङमा छिटो हिमपात भएको हो। गएको वर्ष फागुनको दोस्रो साता मात्रै हिउँ पात भएको थियो।
हिमपात हुँदा स्थानिय भने खुसी भएका छन्। लामो समयसम्म वर्षा नहुँदा वाली नाली सुक्न थालेपछि किसान चिन्तीत थिए । वर्षाले किसानलाई केही राहतको महसुस भएको फक्ताङलुङ गाउँपालिका—६ का स्थानीय विर्ख लिम्बूले बताउनुभयो । वर्षा भएसंगै अलैंची, सागसब्जी लगायतका हिउँदे बालीका लागि राम्रो भएको लिम्बूले बताउनुभयो ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo