भाद्र २६ गते २०८३
10:01: PM
भाद्र २६ गते २०८३
10:01: PM

मेहेलेमा भीरबाट खसेर एक मृत्यु

मंसिर २० गते २०८०
11:02 am
Author Avatar
फक्ताङलुङ दर्पण

देबेन्द्र बानिया ।ताप्लेजुङ
ताप्लेजुङमा भीरबाट खसेर एक जनाको मृत्यु भएको छ । सिदिङ्वा गाउँपालिकाका—६ मेहेलेका जमुने माल्दाई भनेर चिनिने साविक मेहले ७ का ५४ बर्षिय बुद्धिमान दर्जी मृत्यु गएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक एव्म सूचना अधिकारी कमलकुमार लुङ्गेलीले शव पोष्टमार्टका लागि सिरिजङ्गा गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक पठाएको जनाइएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक परियार गत १८ गते साँझ घर बाट निस्केको र नआएपछि खोजी गर्दै जाँदा मृतक अवस्थामा भेटिएका हुन्। मृतक दर्जी भिरबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

संकेतिक तस्बिर

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo