वैशाख ४ गते २०८२
08:15: PM
वैशाख ४ गते २०८२
08:15: PM

सिरिजङ्गा गोल्ड कप हुदै

मंसिर १७ गते २०८०
9:10 pm
Author Avatar
फक्ताङलुङ दर्पण

देबेन्द्र बानिया/ताप्लेजुङ
ताप्लेजुङको सिरिजङ्गा स्थिति तेल्लोकमा आयोजना हुने तेस्रो संस्करणको सिरिजङ्गा गोल कप २०८०को खेल तालिका सार्वजनिक गरेको छ। आउँदो मंसिर २५ गतेबाट प्रतियोगिता सञ्चालन हुने भएको हो ।
पहिलो दिन आयोजक र ब्रोदर हुड फुटबल क्लब उदयपुर बीच प्रतिश्पर्धा हुनेछ । त्यस्तै दास्रो दिनको खेल अर्थात २६ गते मध्यान्ह १२ बजे देउराली स्पोर्टिङ क्लब इलाम र कर्णसिङ सोनाम स्मृति क्लब ताप्लेजुङ र सोहि दिन दिउँसो २ बजेबाट खेबाङ स्पोर्टिङ क्लब खेबाङ र न्यू स्टार क्लब झापा बीच प्रतिस्पर्दा हुने भएको छ।
यस्तै मंसिर २७ गते क्वाटर फाईनलको अन्तिम खेलमा साझा युवा क्लब पाँचथर र सुनकोटी सि।टी।एफ।सी काठमाण्डौँ बीच आमने सामने हुने छन् । यस्तै खेल तालिका अनुसार मंसिर २७ र २८ गते सेमिफाइनलका खेलहरु हुनेछन् भने सेमिफाइनलमा पुग्ने २ टिमले उपाधीका लागि मंसिर २९ गते प्रतिष्पर्धा गर्ने क्लबका अध्यक्ष भट्टराईले जानकारि दिनु भयो । आयोजकका अनुसार विजेताले नगद २ लाख २ हजार २ सय २२ रुपैँया र उपविजेताले १ लाख १ हजार १ सय ११ रूपयाँ सहित ट्रफी,मेडल प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रतियोगिता सञ्चालन गर्दा करिब २१ लाख ६० हजार बराबर खर्च हुने कल्वले अनुमान गरिएको छ ।
लिम्बु भाषा, लिपिका सर्जक, सिरिजङ्गाको ३१९ औं जन्मजयन्ती को अवसरमा हरेक वर्ष खेल सञ्चालन हुँदै आएको छ। गोल कप २०७८ बाट सञ्चालन गर्न सुरु गरेको हो।

तस्बिरः फाइल

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo