श्रावण ९ गते २०८३
01:05: AM
श्रावण ९ गते २०८३
01:05: AM

ताप्लेजुङमा आज पनि बन्द

मंसिर १३ गते २०८०
7:02 am
Author Avatar
फक्ताङलुङ दर्पण

फुङ्लिङ, पक्राउ परेका आफ्ना कार्यकर्तालाई रिहाइ नगरिएकोभन्दै पहिचान पक्षधरले आज पनि ताप्लेजुङमा बन्दको घोषणा गरेका छन् । एक प्रेस विज्ञप्ति जारी गर्दै पहिचान पक्षधर समूहले बन्दको घोषणा गरेका हुन् ।
विज्ञप्तिअनुसार ताप्लेजुङमा बजार पसल र यातायात बन्द हुने उल्लेख गरिएको छ । नेकपा एमाले सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराई र एमाले पोलिटव्यूरो तथा प्रदेससभा सदस्य तिलकुमार मेन्याङ्बोविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्ने क्रममा पक्राउ परेका आफ्ना कार्यकर्तालाई रिहाइ नगरेका कारण आन्दोलनलाई थप सशक्त बनाउनुपरेको विज्ञाप्तिमा उल्लेख गरेका छन् ।
आन्दोलनरत पक्षमाथि नै हमला गर्ने एमाले कार्यकर्तालाई पक्राउ गरी कारबाही गर्नुको सट्टा उल्टै आन्दोलनरत पक्षका कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाउने प्रहरी प्रशासनको गलत नियत भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रदेश नं. १पुनःनामांकन संयुक्त संघर्ष समितिका जिल्ला संयोजक डम्बरबहादुर पालुङ्वाद्वारा हस्ताक्षरित विज्ञप्तिमा अपराधी झै आफ्ना साथीहरुलाई मध्यरातमा गिरफ्तार गरिएको पनि आरोप लगाइएको छ ।
गिरफ्तार गरिएका कार्यकर्ता बिपिन कङ्लिवा र आनन्द कङ्लिवालाई बिनासर्त रिहाइ नगरसम्म बुधबारदेखि चरणबद्ध आन्दोलनलाई सशक्त बनाइने विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यस्तै सो समूहले प्रदेशको पुनःनामांकन नभएसम्म पहिचानवादी आन्दोलनलाई जारी राख्ने पनि जनाएका छन् ।
सो समूहले नै मंगलबारका लागि आह्वान गरेको बन्दका कारण मेची राजमार्गसहित ग्रामीण क्षेत्रमा यातायात ठप्प भएको थियो । पहिचान विरोधी अभिव्यक्ति दिएको आरोपमा एमालेका सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराई र प्रदेशसभा सदस्य तिलकुमार मेन्याङ्बोविरुद्ध पहिचान पक्षधरले आइतबार फुङ्लिङमा कालो झण्डा देखाउनुका साथै नाराबाजी गरेका थिए ।
यता बुधबारपछि पनि पक्राउ परेका साथीहरुलाई बिनासर्त रिहाइ नगरे वा गलत मुद्दा लगाएर फसाउन खोजिए अनिश्चित बन्द आह्वान गर्दै आन्दोलनलाई थप सशक्त र व्यापक बनाइने संघर्ष समितिका सदस्य सरोज कङ्लिवाले बताउनुभयो । उहाँकाअनुसार बुधबार हुने यातायात बन्दमा चार पाङ्ग्रे तथा तीन पाङ्ग्रे अट्टोसहितका सवारी साधन पूर्णरुपमा ठप्प हुने छन् ।…

तस्बिरः चन्द्र बहादुर पन्दाक

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo