ताप्लेजुङ ः मुल ढोकाबाट आउन आग्रह गदै जस्केलाबाट छिर्ने कोसिश नगर्न नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले चेतावनी दिएको छ । आइतबार ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा पत्रकार भेटघाट कार्यक्रममा जस्केलाबाट छिर्न प्रयास गर्नन चेतवानी दिनुभएको हो ।
पार्टी खोलेर राजनीतिमा आउन पूर्व राजा ज्ञानेन्द्र शाहलाई चुनौति दिनु भएको छ । जस्केलाबाट छिर्ने कोसिश नगर्न उहाँको चेतावनी थियो । पूर्व राजालाई आवास, सुरक्षा लगायतको सुविधा दिएको स्मरण गर्दै उहाँलाई यस्ता गतिविधि गरे शाहलाई कारबाही गर्नुपर्ने बताउनुभयो । ‘हामीले मानवीय नाताले पूर्व राजाकी आमालाई नारायणहिटीमा बस्न दिएका छौं, पूर्व राजालाई सुरक्षा दिएका छौं, आवास सुविधा दिएका छौं,’ भट्टराईले भने, ‘फ्रान्सका राजाले यस्तो सुविधा पाएनन्, अरु देशका राजा कत्लेआम भए, त्यसकारणले यो अवस्था बुझ्न म ज्ञानेन्द्र शाहलाई अपिल गर्दछु ।’
शाह व्यापारि भएकाले भएकाले उद्योग खोल्न र व्यवसायमा लाग्न सुझाए । ‘उद्योग धन्दा खोलुन् न । मानिसहरुलाई रोजगारी दिउन् । उहाँसँग पैसा छ । राष्ट्रिय उद्योग खोलुन् । लगानी गरुन् । हिजो कमाएको पैसा राखेका छन,’ भट्टराईले भन्नुभयो, ‘त्यसको सम्मान र सुरक्षा सरकारले गर्छ । तर राजनीतिक अधिकारकालागि सडकमा आउने हो भने स्केलावाट छिर्न कोसिस गर्ने होइन ।’ उहाँले धार्मिक सहिष्णुता विथोल्न, अराजकता मच्चाउन, राजनीतिक अस्थितरता मच्चाउन र जातीय सद्धभाव विथोल्ने काम नगर्न चेतावनी समेत दिनुभयो । समाज पछाडि नफर्कने भएकाले सडकमा नाङ्गो नाच नचाउनुको अर्थ नरहने भट्टाराईको धारणा छ ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
