बुधबार बिहान व्यथा लागेर दिउँसो स्थानीय चिल्खाया आधारभूत स्वास्थ्य चौकीमा भर्ना गरिएकी भण्डारी बिहीबार बिहानसम्म पनि सुत्केरी हुन नसकेपछि हेलिकोप्टरबाट सुर्खेत लगिएको हो ।
कालिकोट जिल्ला प्रशासनको सिफारिसमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान इकाईको सहयोगमा प्रसूति व्यथाले थलिएकी महिलाको उद्धार गरिएको नगर प्रमुख शंकरप्रसाद उपाध्यायले बताए ।
सुत्केरी व्यथाले गाउँमा महिला छटपटाएको खबर आएपछि स्थानीय स्वास्थ्य चौकी र जिल्ला प्रशासनलाई पत्र लेखेर हेलिकोप्टर झिकाइएको उपप्रमुख महेन्द्रबहादुर शाहीले बताए ।
कालिकोट — दुई दिनदेखिको प्रसूति व्यथाले छटपटाएकी तिलागुफा(१० रानावाडाकी २२ वर्षीया सन्तकला भण्डारी रोकायालाई हेलिकोप्टरमार्फत सुर्खेत लगिएको छ ।
बुधबार बिहान व्यथा लागेर दिउँसो स्थानीय चिल्खाया आधारभूत स्वास्थ्य चौकीमा भर्ना गरिएकी भण्डारी बिहीबार बिहानसम्म पनि सुत्केरी हुन नसकेपछि हेलिकोप्टरबाट सुर्खेत लगिएको हो ।
कालिकोट जिल्ला प्रशासनको सिफारिसमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान इकाईको सहयोगमा प्रसूति व्यथाले थलिएकी महिलाको उद्धार गरिएको नगर प्रमुख शंकरप्रसाद उपाध्यायले बताए ।
सुत्केरी व्यथाले गाउँमा महिला छटपटाएको खबर आएपछि स्थानीय स्वास्थ्य चौकी र जिल्ला प्रशासनलाई पत्र लेखेर हेलिकोप्टर झिकाइएको उपप्रमुख महेन्द्रबहादुर शाहीले बताए ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला