- लाहाङ चेम्जोङ
म सारै अफ्ठ्यारोमा परेको छु, हाउ !
थो:नु केयुमा भन्थे-
समय घर्किदै गएपछि युमा भन्न थाले
र नामले म युमा भॅए ।
हो,
म आएकै थिॅए मा. . . थिबाट
भनेर केही सिकाउॅ कि !
तान बुनेर देखॅाए, बुनेर कपडा लगाए
खेती गर्न सिकॅाए, सिकेर समाज बसाए
बॅाच्न सिकॅाए, मर्न सिकॅाए
भएर मान्छे जस्तो जिउन सिके
देखेर यी सप्पै
खुसी भॅए ।
भरअभरमा काम लाग्छु कि भनेर गइन कतै पनि
फर्किन माथि पनि
बसें, यही डाडा मुकुम्लुङमामा ।
आज पो आएर अफ्ठेरोमा परें, हाउ !
लुकाएर सप्पै भेडाहरु
गर्जेर कहिले चट्याङहरु
हल्लिएर कहिले भुईंचालोहरु
ओकलेर कहिले आगोहरु
देखॅाए, मेरो असली अनुहारहरु ।
म
पवित्र कैलाश पर्वत जस्तै
माउण्ट फुजी जस्तै
माउण्ट सिनाइ जस्तै
माउण्ट मच्चुपिच्चु जस्तै
माउण्ट अलिम्पस जस्तै
माउण्ट उलुरु जस्तै
आदम्स पिक जस्तै
भएर अग्लो मुकुम्लुङ
तिमीहरुको युमा उभिरहेको छु ।
म सारै अफ्ठेरोमा परेको छु . . .
खुट्टाले हान्छन्, टेक्छन्
नङ्ग्र्याउछन्, लुस्छन्
छ्यापेर आलो रगत
होली खेलिरहेका छन् ममाथि उनीहरुले
गाड्ने रे किल्लाहरु, तन्काउने रे तारहरु
रातोकालो भजन गाउदै उनीहरुले
तिम्रो युमाको पवित्र शरिर माथि
के गर्ने र !
तिमीहरु परपर छौ, तलतल छौ . . .
केवल हेरिरहन्छौ
म सारै अफ्ठेरोमा परेको छु, हाउ !