फागुन २० गते २०८२
11:31: AM
फागुन २० गते २०८२
11:31: AM

ताप्लेजुङमा विविभिन्न कार्यक्रमका साथ चासोक तङ्नाम मनाउँदै

मंसिर २८ गते २०८०
9:04 pm
Author Avatar
फक्ताङलुङ दर्पण

देवेन्द्र बानियाँ/ताप्लेजुङ
किराँत समुदायहरुले ताप्लेजुङमा विविभिन्न कार्यक्रमका साथ यस वर्षका चासोक तङ्नाम मनाउँने भएको छ । आउँदो पुस ४ देखि ११ गते सम्म विभिन्न खेलकुद तथा साँस्कृतिक कार्यक्रमका साथ चासोक तङनाम मनाउँँन लागेको हो ।
ताप्लेजुङमा प्रथम कञ्चनजंघा सेसेलुङ गोल कप २०८०पुरुष फुटबल आयोजना गरिने भएको छ। विहिबार आयोजकले सदरमुकाम फुङ्लिङ मा पत्रकार सम्मेलन गर्दै सो जानकारी गराएको हो।
प्रतियोगिता यही पुस ४ गते सुरु भए ११ गते सम्पन्न हुने छ। प्रतियोगितामा ८ टिमको सहभागिता रहने समेत आयोजकले जनाएको छ। गोल कपको विजेताले नगद रु ३ लाख २ हजार ८० सहित ट्रफि मेडल प्रमाण प्राप्त गर्दा उपविजेतामा सिमित हुने टिमले नगद रु १ लाख ५१हजार ८० रूपयाँ सहित ट्रफी मेडल प्रमाण प्राप्त गर्ने आयोजकले जनाएको छ। खेल हेर्न को लागि प्रति दिन १०० रुपियाँ निर्धारण गरिएको छ। गोल कप आयोजना गर्न करिब ५६ लाख रुपैयाँ बराबरको खर्च हुने समेत चासोक तङ्नाम कर्यमितिले फक्ताङ्लुङ दर्पण लाई जानकारी दिएको हो ।
साथै पुस ११ गते स्थानिय तथा राष्ट्रिय कलाकारको साथमा सांस्कृतिक कार्यक्रम समेत हुने भएको छ। नेपाल संस्कार संस्कृति र जातीय भेषभुषामा विश्वमा प्रचलित छ । सबै जात जातिका धर्म , चाड पर्व मिलेर मनाउने परम्परा सुरु भएको छ। तर युवा पुस्तामा हस्तान्तरण गर्न सक्ने एउटा बाटो सिर्जना गर्ने यो गोल कप टेवा पुग्ने आयोजक को विश्वास छ। खेल भानु जन माविको मैदानमा सञ्चालन हुने सञ्चारकर्मी दिनेश लिंङखिमले जानकारी दिनुभयो।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo