फागुन २० गते २०८२
11:19: AM
फागुन २० गते २०८२
11:19: AM

कञ्चजंघा क्षेत्रमा दसैँ तिहारको समयमा पर्यटकहरुको संख्या बढ्यो

मंसिर ४ गते २०८०
8:34 am
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङ ः विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रमा दसैँ तिरहारको समय बाह्य पर्यटकहरुको संख्या बढ्ेको छ । कोभिड—१९ का करणले करिब चार वर्ष यस क्षेत्र सुनसान जस्तै बनेको कञ्चजंघा क्षेत्रमा यस वर्षको दसैँ तिहारको समय भने पर्यटकहरुको संख्या बढेको हो ।
कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालय घुन्सा चेक पोष्टका पर्यटन सहायक टाँसी तेन्जिङका अनुसार दसैँ र तिहारको समयमा ४०० जना विदेशी पर्यटक आएको छन् । कञ्चनजंघा क्षेत्रमा असोज महिना देखि पर्यटकहरुको आगमन सुरु हुने गरेको शेर्पाले बताउनुभयो । असोज,कातिक र मंसिर २ गते सम्ममा ६५० जना बाह्य पर्यटक कञ्चनजंघा क्षेत्रमा अवलोकन गर्नु आएको घुन्सा पर्यटन चेक पोष्ट कार्यालयले जनाएको छ । विगतको तुलनामा यस वर्ष आन्तरिक पर्यटकहरु वृद्धि भएको छ । तर आन्तरिक पर्यटकहरुको भने अहिले सम्म कुनै निकायले तथ्याङक राख्ने गरेको छनै । पर्यटकहरुको आगमनले कञ्चनजंघा क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएको घुन्साका पर्यटन व्यवसायी पेमा शेर्पाले बताउनुभयो । कञ्चनजंघा क्षेत्रका समुदायहरु पर्यटन व्यवसायमा निर्भर हुदै आएका छन् । वर्षमा दुई सिजन यस क्षेत्रमा पर्यटकहरु आउने गर्दछन् । अहिले चिसो मौंसम सुरुभएसंगै पर्यटहरुको आगनम कमी हुदै गएको पर्यटन सहायक टाँसी तेन्जिङ शेर्पाले बताउनुभयो । गत वर्ष असोस, कात्तिक र मंसिर महिनाम ४५० जना बाह्य पर्यटकले कञ्चनजंघा क्षेत्रको अवलोकन गर्न पुगेको थियो .

तस्बिरः फाइल

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo