ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ मा स्वीकृत याक चौरी प्रवद्र्धन कार्यक्रम अन्तर्गत साम्तोङस्थित जलजले याक चौरी पालन कृषक समूहलाई १४ वटा याक चौरी हस्तान्तरण गरेको छ ।
गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमका अनुसार स्थानीय समुदायको जीवनस्तर उकास्न, परम्परागत पशुपालनलाई प्रवद्र्धन गर्न र स्वदेशी स्रोतको उपयोग बढाउन पालिकाले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो । गाउँपालिकाले चालु आवमा याक चौरी प्रवद्र्धन कार्यक्रमका लागि ५ लाख रुपैयाँ विनियोजन गरेको थियो ।
कार्यक्रम अन्तर्गत चौरी खरिद तथा व्यवस्थापनमा कुल लागतको ८० प्रतिशत अनुदान गाउँपालिकाबाट उपलब्ध गराइएको छ भने बाँकी २० प्रतिशत लागत कृषकहरूले आफ्नै लगानीबाट बेहोरेका छन् ।
जलजले याक चौरी समूहका किसानहरूले चौरीबाट उत्पादन हुने दूध, घिउ, दही, र मल जस्ता सामग्रीबाट आम्दानी वृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।
यस कार्यक्रमले स्वरोजगार सिर्जनासँगै युवालाई विदेश पलायन हुनबाट रोक्ने र स्थानीय स्तरमै आत्मनिर्भर बन्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
पालिकाले यसअघि पनि विभिन्न पशुपालन, कृषि तथा सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । याक चौरी प्रवद्र्धन कार्यक्रमलाई आगामी वर्षहरूमा अझ विस्तार गर्दै अन्य वडामा समेत विस्तार गरिने योजना रहेको वनेमले बताउनुभयो । …
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
