नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ताप्लेजुङको ११ औं जिल्ला अधिवेशनबाट दुर्गा सिरेङ चोङबाङ लिम्बू सर्वसम्मत अध्यक्ष चयन भएका छन् । अध्यक्ष पदका तीन आकांक्षीहरूबीच अन्ततः मेरिङदेन गाउँपालिकाका उपाध्यक्षसमेत रहनुभएका लिम्बूलाई साझा सहमतिमा नेतृत्व दिइएको हो ।
अधिवेशनमार्फत उपाध्यक्षमा रामचन्द्र पोमु (आरसी), महिला उपाध्यक्षमा देविमाया नेपाली, सचिवमा मोहन न्यौपाने, उपसचिवमा बादल गुरुङ, तथा अम्मर लोहार, गणेश राईलगायतको ४५ सदस्यीय जिल्ला समिति निर्विरोध गठन गरिएको छ ।
जिल्ला अधिवेशनको उद्घाटन केन्द्रीय कमिटीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा केन्द्रीय सचिव बलदेव चौधरी, निर्वाचन आयोगका अध्यक्ष माधव पौडेल, कोशी प्रदेश कमिटी अध्यक्ष सरिता खड्का, विभिन्न पालिका र जिल्ला स्तरका नेताकार्यकर्ता, अन्य दलका प्रतिनिधि तथा अतिथिहरूको उपस्थिति थियो । सचिव मोहन न्यौपानेका अनुसार अधिवेशनमा ताप्लेजुङका ६१ वटै वडाबाट २५० जना प्रतिनिधिको सहभागिता रहेको थियो ।…
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
