कञ्चनजंघा (सेसेलुङ) गोल्ड कपः रेड डेभिल्स इलाम सेमिफाइनमा प्रवेश
Phaktanglung Darpan
मंसिर १६ गते २०८१
5:42 pm
फक्ताङलुङ दर्पण
इलामको रेड डेभिल्स माईजोगमाई अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो कञ्चनजंघा (सेसेलुङ) गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वाटरफाइनलमा मोरङको डाँगीहाट फुटबल क्लब बेलबारीलाई ट्राइबेकरमा ४–२ ले पराजित गर्दै इलामले आफ्नो सेमिफाइनल यात्रा तय गरेको हो । आयोजक चासोक तङनाम सञ्चालन समितिले ताप्लेजुङका अनुसार निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । सेमिफाइनलमा प्रवेश गरेसंगै इलामले मंगलबार झापाको न्यु स्टार क्लब बिर्तामोड र पाँचथरको फिदिम स्पोर्टिङ क्लबबीच हुने खेलको विजेतासँग सेमिफाइनल खेलान प्रतिस्पर्धा गर्ने आयोजक समितिका प्रचारप्रसार संयोजक दिनेश लिङखिमले बताउनुयो । लिङखिमका अनुसार सोमबार हुने तेस्रो क्वाटरफाइनल खेलमा सुनसरीको गोधुली फुटबल क्लब धरान र भारतको कञ्चनजंघा फुटबल क्लब सिलिगुढीबीच प्रतिस्पर्धा हुने छ । यस खेलको विजेताले तेह्रथुमको सम्दु फुटबल क्लबसँग सेमिफाइनलमा स्थानका लागि भिड्नेछ । चासोक तङनामको अवसरमा शनिबारदेखि सुरु भएको यो प्रतियोगिता आगामी मंसिर २२ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले तीन लाख ५२ हजार ८१ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले एक लाख ५२ हजार ८१ रुपैयाँसहित ट्रफी र अन्य पुरस्कार जित्नेछ। हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई “म्यान अफ दि म्याच“ घोषणा गर्दै नगद पुरस्कार प्रदान गरिनेछ ।…