वैशाख ४ गते २०८२
07:58: PM
वैशाख ४ गते २०८२
07:58: PM

एकपक्षीय समाचार सम्प्रेषण र दुरुपयोगको अनुसन्धान

असाेज १८ गते २०८१
9:29 pm
Author Avatar
फक्ताङलुङ दर्पण

प्रेस काउन्सिल नेपालले सञ्चार माध्यममा सम्प्रेषित सामग्रीका विषयमा आएको उजुरीहरूको सुनुवाइ गर्दै, स्वअनुगमन प्रक्रिया अघि बढाएको छ। काउन्सिलले विभिन्न सञ्चार माध्यमबाट एउटै विषयलाई प्रायोजित तरिकामा एकपक्षीय रूपमा सम्प्रेषण गर्ने प्रवृत्तिलाई गम्भीरतापूर्वक लिएको छ। यस सन्दर्भमा सम्बन्धित पक्षको प्रतिक्रियालाई अनदेखा गर्ने र नियामक निकायका निर्देशनहरूलाई उल्लङ्घन गर्ने कार्यहरूमा उजुरीहरू बढ्दै गएको बताइएको छ।

काउन्सिलले गम्भीर प्रकृतिका विषयहरूमा विशेष अध्ययन र अनुसन्धान गर्दै कारबाहीको प्रक्रिया अघि बढाइरहेको छ। यसै क्रममा दि हिमालयन टाइम्स दैनिक र यसको अनलाइन पोर्टलबाट ईलाइट हिमालयन एडभेन्चर्स प्रा.लि. र निर्मल पूर्जा सम्बन्धी एकपक्षीय सामग्री सम्प्रेषणको उजुरीमा अध्ययन गर्न एक ३ सदस्यीय कार्यदल गठन गरिएको छ, जसको संयोजकता श्री ठाकुरप्रसाद बेलबासेले गर्नेछन्।

त्यसैगरी, दृष्टि मिडिया प्रा.लि. द्वारा सञ्चालित दृष्टिन्यूज डटकमले नक्कली कागजात बनाइ अष्ट्रेलियाका लागि भिसा आवेदन गरेको विषयमा पनि अनुसन्धान भइरहेको छ। अष्ट्रेलियन दूतावासले यस विषयमा जानकारी गराएको छ, र मिडियाको नामलाई दुरुपयोग गर्नेलाई कारबाहीको लागि नेपाल प्रहरी र उपत्यका प्रहरी कार्यालयलाई पत्राचार गरिने निर्णय गरिएको छ।

काउन्सिलले पत्रकार तथा सञ्चार माध्यमलाई सत्यतथ्य र सन्तुलित समाचार सम्प्रेषण गर्न, समाचारमा सम्बन्धित पक्षको भनाइ र प्रतिक्रियालाई स्थान दिन, र पेसागत आचरण विपरीत क्रियाकलाप नगर्न आह्वान गरेको छ। यसका लागि पत्रकार आचारसंहितामा स्पष्ट व्यवस्था गरिएको छ। सञ्चार माध्यम र पत्रकारहरूको नामलाई दुरुपयोग गर्ने क्रियाकलाप कानूनी रूपमा दण्डनीय हुने चेतावनी पनि दिइएको छ।

प्रेस काउन्सिल नेपालले सम्पूर्ण सञ्चार जगतलाई सजग रहन र यस्ता गतिविधिहरूलाई रोक्नका लागि ध्यानाकर्षण गराएको छ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo