फागुन २२ गते २०८२
12:45: PM
फागुन २२ गते २०८२
12:45: PM

सामुदायिक वन उपभोक्तालाई ऐन र नियमावलीको अनुशिक्षण

भाद्र १८ गते २०८१
9:56 pm
Author Avatar
फक्ताङलुङ दर्पण

सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल ताप्लेजुङले उपभोक्तालाई वन ऐन तथा नियमावलीसम्बन्धी अनुशिक्षण प्रदान गर्न थालेको छ । स्थानीय उपभोक्तालाई वन ऐन र नियमावलीका व्यवस्थाबारे जानकारी दिन जिल्ला महासंघले यो कार्यक्रम सुरु गरेको हो ।


महासंघका अध्यक्ष सुरज ओझाका अनुसार सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई ऐन र नियमावलीसम्बन्धी आधारभूत जानकारी प्रदान गर्न यो पहल गरिएको हो। वन संरक्षण र व्यवस्थापनमा चुनौतीहरू देखिएपछि उपभोक्ताहरूलाई ऐन र नियमावलीबारे ज्ञान दिनुपर्ने आवश्यकताका कारण यो कार्यक्रम सुरु गरिएको अध्यक्ष ओझाले बताउनुभयो ।


ओझाले विश्वास व्यक्त गर्दै भन्नुभयो “यदि उपभोक्ताले ऐन र नियमावलीबारे जानकारी पाए भने वन संरक्षण र व्यवस्थापनमा ठूलो सहयोग पुग्नेछ ।” पछिल्लो समय बढ्दो वन विनाश र जलवायु परिवर्तनका कारण वन तथा वातावरण संरक्षणमा महासंघले विशेष सक्रियता देखाएको पनि उल्लेख गर्नुभयो ।


जिल्ला महासंघले फुङ्लिङमा मङ्गलबार आयोजित अनुशिक्षण गोष्ठीमार्फत २० वटा सामुदायिक वन उपभोक्ता समूहका ४० जना प्रतिनिधिलाई ऐन र नियमावलीबारे जानकारी गराएको छ । गोष्ठीमा महासंघका अध्यक्ष ओझा र एन्साब संस्थाका वन अधिकृत आयुष भट्टराईले सहजीकरण गर्नुभएको थियो ।

गोष्ठीको उद्घाटनमा जिल्ला समन्वय समिति ताप्लेजुङका उपप्रमुख कृष्णप्रसाद लिङ्खिम, सहायक प्रमुख जिल्ला अधिकारी टङ्कबहादुर भट्टराई, नापी कार्यालयका प्रमुख रजिता श्रेष्ठ, र डिभिजन वन कार्यालयका वन अधिकृत देवचन्द्र गोइत लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम वन पैदावार व्यवसायी सङ्घ ताप्लेजुङको सहकार्यमा आयोजना गरिएको थियो, भनी महासङ्घका जिल्ला कोषाध्यक्ष घनेन्द्र थापाले जानकारी दिनुभयो ।…

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo