वैशाख ४ गते २०८२
06:57: PM
वैशाख ४ गते २०८२
06:57: PM

ताप्लेजुङ गोल्ड कप ः त्रिभुवन आर्मी क्बललाई पछि पार्दै झापा सेमिफाईनलमा प्रवेश

भाद्र ६ गते २०८१
4:50 pm
Author Avatar
फक्ताङलुङ दर्पण

अन्तर्राष्ट्रिय आमन्त्रण दोश्रो ताप्लेजुङ गोल्ड कपको विहिबार भएको अन्तिम क्वाटरफाइनलमा काठमाडौँको त्रिभुवन आर्मी फुटबल पछि पादै बिर्तामोड युनाइटेड फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

३—० को गोल अन्तरले आर्मी क्लबलाई पछि पार्दै झापा सेमिफाईनलमा प्रवेश गरेको हो ।


आर्मी क्लब टिममा अधिकांश राष्ट्रिय खेलाडीहरू रहेका थियो ।

नेपालको राष्ट्रिय टिमका पूर्व कप्तान भरत खवास, नेपाली टिमको सदस्य नवयुग श्रेष्ठ, आशिक बाबु चौधरी, जितेन्द्र कार्की लगायतका चर्चित खेलाडीहरूले खेल्नुभएको थियो ।


झापा सेमिफाइनलमा प्रवेश गरेसंगैं दोश्रो सेमिफाइनल विजेता सिरहाको सलहेस युवा क्लबसँग सेमिफाइनल खेलमा प्रतिप्रर्धा हुने आयोकले जनाएको छ ।

सिरहाले पाँचथर फुटबल क्लबलाई १–० गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।


बुधबार भएको खेलबाट मोरङको सगरमाथा युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

मोरङले रूपन्देहीको बुटवल लुम्बिनी फुटबल क्लबलाई १–० गोलले हराउँदै सेमिफाइनलमा ताप्लेजुङसँगको भिडन्त सुनिश्चित गरेको हो ।

ताप्लेजुङले पहिलो खेलमा भारतको कञ्चनजङ्घा फुटबल क्लबलाई ७–५ गोलले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको फाइनल भदौ १० गते हुँदै छ ।..

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo