फागुन २० गते २०८२
07:34: PM
फागुन २० गते २०८२
07:34: PM

चौरी याक गोठ संरक्षण तथा प्रवद्र्धन गर्न तोक्पेगोलामा महोत्सव

श्रावण २२ गते २०८१
4:00 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङमा तोक्पेगोला पर्यटन तथा चौरी महोत्सव आयोजना हुने भएको छ । पछिल्लो समयमा चौंरी याक पालन प्रति युवा पुस्ताले जासो नदिएसंगै यस पेशा संकटमा पर्ने जाने भन्दै चौंरी याक पालकहरुलाई प्रोत्साहन तथा मनोबल बढाउन महोत्सवको आयोजन गर्न लागेको हो ।
चौरी याक गोठ संरक्षण र प्रवद्र्धनले हाम्रो उच्च हिमाली क्षेत्रको सांस्कृतिक, आर्थिक, र जैविक विविधताको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने आयोजले जनाएको छ । महोत्सव आयोजक समितिले जारी प्रेस विज्ञाप्ती अनुसार आउँदो शुक्रमार देखि सोमबार गरि चार दिन सम्म तोक्पेगोला पर्यटन तथा चौंरी महोत्सव हुने प्रचार प्रसार संयोजक नुपु शेर्पाले बताउनुभयो ।
विशेष गरी हिमाली भेगमा बसोबास गर्ने समुदायहरूका लागि चौरी याक गोठ सांस्कृतिक धरोहरका रूपमा रहेको छ । परम्परागत तवरले चौरी याकहरूको पालन गर्दै आएका समुदायहरूले चौरीसँग सम्बन्धित विभिन्न चाडपर्व, संस्कार, र अनुष्ठानहरूको आयोजना गर्दै आएको शेर्पाले बताउनुभयो । चौरी गोठलाई केन्द्रित गरेर विभिन्न पर्वहरू मनाइन्छ, जसले स्थानीय संस्कृति र परम्पराको जगेर्ना गर्ने शेर्पाले बताउनुभयो ।
चौरी याक गोठ आर्थिक दृष्टिकोणले पनि महत्त्वपूर्ण छ । चौरीको दूधबाट बनाइने चीज, घ्यु, र अन्य दुग्धजन्य उत्पादनहरू स्थानीय र अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय छन् । यस्ता उत्पादनहरूले स्थानीय बासिन्दाहरूको आयआर्जनमा ठुलो सहयोग गरिरहेको जिल्ला समन्वय प्रमुख छिरिङ शेर्पाले बताउनुभयो । चौरीहरू हिमाली वातावरणमा अनुकूलित जनावर हुन्, जसले त्यो क्षेत्रको जैविक विविधतालाई कायम राख्न मद्दत पुर्याइरहेको शेर्पाले बताउनुभयो । चौरीहरूको संरक्षणले हिमाली चरन क्षेत्रहरूको सन्तुलनमा पनि सहयोग गर्छ, जसले गर्दा वनस्पति र अन्य जीवजन्तुको संरक्षणमा योगदान पुग्ने चौरी याक गोठ पालक किसानहरुको भनाई रहेको छ ।
चौरी याक गोठ संरक्षणमा केही चुनौतीहरू पनि छन् । हिमाली क्षेत्रमा बढ्दो तापक्रम, चरन क्षेत्रहरूको कमी, र आधुनिक प्रविधिको अभावले चौरी गोठहरूको संख्या घट्दै गएको छ । यसका लागि सरकार र गैर–सरकारी संस्थाहरूले विशेष पहल किसानहरुको भनाइरहेको छ । चौरी गोठहरूको संरक्षणका लागि स्थानीय समुदायलाई सशक्त बनाउन, चरन क्षेत्रहरूको व्यवस्थापन गर्न, र चौरी पालनमा नयाँ प्रविधिको प्रयोग गर्नुपर्ने आवश्यकता किसानहरुको भनाइरहेको छ । स्थानीय बजारहरूमा चौरीका उत्पादनहरूको प्रचारप्रसार गर्न र अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नका लागि विशेष पहल आवश्यक रहेको शेर्पाले बताउनुभयो ।
मिक्वाखोला गाउँपालिकामा फुडफुडगे झरना, हिलिमा झरना, सोदुपोखरी, भुतपोखरी, तीनपोखरी, मिक्वा पोखरी, लोदेन लगायतका सयौं ताल तथा पोखरीको प्रचार प्रसार समेग गर्ने उदेश्यले महोत्सवको आयोजना गर्न लागेको आयोजकले जनाएका छन् । आयोजकका अनुसार यहाँका हिमालसँग प्रत्यक्ष साक्षात्कार गर्ने अवसर पाउने मात्र नभई, विभिन्न किसिमका जडिबुट्टीहरु समेत अवलोकन गर्न सकिन्छ । पर्याप्त प्रचारप्रसारको अभावले गर्दा यहाँ पर्याप्त पर्यटकहरु पुग्न सकेका छैनन् । प्रेस विज्ञाप्तीका अनुसार ताप्लेजुङबासीहरु प्रायः जिल्ला बाहिरका कृत्रिम पर्यटकीय क्षेत्रतर्फ आकर्षित हुने गरेका छन्, जसले गर्दा आफ्नै जिल्लाको सुन्दर स्थलहरु ओझेलमा पर्ने सम्भावना छ ।
महोत्सवले यस क्षेत्रको सौन्दर्य उजागर गर्दै पर्यटकहरुको संख्यामा वृद्धि गर्नेछ । आयोजक समितिका अनुसार महोत्सवले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने छ र स्थानीय सरकारलाई पर्यटन क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्नेछ । …

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo