निरन्तरको वर्षा र बाढी पहिरोका कारण ताप्लेजुङ जिल्लामा ४९ घर उच्च जोखिममा परेको छ। जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी टंक भट्टराईका अनुसार, यस विपद्ले ४९ घर परिवारलाई उच्च जोखिममा पुर्याएको छ भने ८२ घर जोखिममा रहेका छन् ।
गत जेठ ३० यता बाढी पहिरोले पाँच जनाको ज्यान लिएको छ जसमा तीन महिला र दुई पुरुष रहेका छन् । साथै, यस विपद्ले १२४ वटा चौपायालाई समेत बगाएको छ। जिल्ला विपद् व्यवस्थापन समितिका तथ्याङ्क अनुसार, बाढी पहिरोले ६३ वटा घर पालुवा पन्छीलाई क्षति पुर्याएको छ ।
ताप्लेजुङमा भएको यस विपद्ले भौतिक संरचनामा पनि ठुलो क्षति पुर्याएको छ। जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार, दुई वटा झोलुङ्गे पुल, एक बेलिब्रिज, एक सिमेन्टेट पुल, र दुई मोटरेवल पुल गरी कुल आठ वटा पुल बाढी पहिरोले बगाएको छ। साथै, एक माइक्रो हाइड्रोपावर, एक क्रसर उद्योग, र एक बाख्रा फार्म पनि बाढी पहिरोले नष्ट गरेको छ ।
यस विपद्ले ताप्लेजुङका स्थानीयबासीहरूलाई निकै कठिन अवस्थामा पुर्याएको छ। तत्काल राहत र पुनःस्थापना कार्यको आवश्यकता रहेको र यसमा सरकार र सरोकारवालाको ध्यानाकर्षण गराउन जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आग्रह गरेको छ । विपद्को यो स्थिति अझै केही दिन जारी रहन सक्ने भएकाले नागरिकहरूलाई सतर्क रहन आग्रह गरिएको छ ।….
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
