फागुन २२ गते २०८२
08:38: PM
फागुन २२ गते २०८२
08:38: PM

पत्रकार महासंघ युके शाखाको अध्यक्षमा बिमला सेने निर्वाचित

असार ३२ गते २०८१
7:18 pm
Author Avatar
फक्ताङलुङ दर्पण

सिक्कुम ज्ञानु फुरुम्बो चरपे/युके

देशको चौथो अंग रुपमा चिनिने पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ युके शाखाको १४ जुलाईका दिन भएको अधिवेशनबाट श्रीमती बिमला सेने निर्वाचित भएकी छन । महासंघको छैठौ अधिवेशनमा नयाँ नेतृत्वको लागि भएको मतदानमा नवनिर्वाचित सेनेले २३ भोट प्राप्त गरि निर्वाचित भएकी हुन ।


अर्का दुई अध्यक्षका उम्मेदवार श्याम लुईटेल र दिनेस परिवारले सून्य मत प्राप्त गरेका छन् । अध्यक्षको उम्मेदवारी शुल्क १५० पाउण्ड स्टर्लिङ दाखिला गरि उम्मेदवार बनेका दुबैले कार्यकाल बाँड्ने लगायतको बुंदामा सहमतिको निमित्त दबाब दिएका थिए । उम्मेदवारी फिर्ता गर्ने समयभित्र उम्मेदवारी फिर्ता नगरेको र निर्वाचनको समयमा भने लुईटेल र परियारले अर्कै ठाँउमा भेला भई विरोध जनाएको थियो ।
युके शाखामा ४० सदस्य रहेको शाखामा २३ जनाले प्रत्येक्ष उपस्थित भई मतदान गरे, यसपटक चिठ्ठी मार्फत मतदानको सुविधा थिएन । युके बाहिर भएको र काम विशेषले उपस्थित हुन नसक्ने ७ जनाले भर्चुवल जुममा उपस्थित भई आफ्नो मन्तब्य सहित ऐक्यबद्धता जनाउनुभएको थियो । एकाध सदस्य तठस्त रहे भने लुईटेल, परियार र अन्य दुई सदस्य सहित ४ जनाले अधिवेशन तयारी समिति घोषणा गरेको भनी विरोध जनाएका छन ।
नव निर्वाचित अध्यक्ष सेने सन् १९९४ देखि बिएफबिएस गोर्खा रेडियो, बिबिसी ब्रोडकाष्ट, इटहरी सप्तकोशी एफएम, युटयुव गोर्खा च्यानल लगायतमा सक्रिय र सिनियर पत्रकार हुन, सम्भवतः युकेको नेपाली समाज सबैभन्दा उत्कृष्ट कार्यक्रम संचालिका पनि हुन । उनीले समाजशास्त्रमा स्नातकोतोर गरेकी छिन । श्रीमान र एक छोरा सहित साउथ लण्डनमा बस्तै आउनुभएको छ ।
ठूलो संख्यामा पत्रकार, अभिभावक, समाजका प्रतिष्ठित ब्यक्तिहरुको उपस्थितीमा अधिवेशन सम्पन्न भयो । पूर्वअध्यक्ष नरेश खपाङ्गी, पूर्ण गुरुङ र विजय शुक्ला सदस्य रहेको निर्वाचन मण्डल रहेको थियो । अध्यक्ष बाहेकको सबै पदहरुमा निर्विरोध चयन भएको थिए ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo