फागुन २० गते २०८२
07:19: AM
फागुन २० गते २०८२
07:19: AM

फुङलिङमा करिब साढे दुई किलोमिट मदमार्ग निर्माण

जेठ २९ गते २०८१
5:12 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको फुङ्लिङ नगरपालिका—६ नम्बर वडाले दुई किलोमिटर ४०५ मिटर पदर्माग निर्माण गरेरको छ । दुई आर्थिक वर्षमा सो बराबरको पदमार्ग निर्माण गरेको हो ।
आन्तरिक पर्यटन प्रद्र्धन तथा आउँ जाउँ गर्न सहज बनाउनका लागि पदमार्ग निर्माण गरिएको हो । फुङ्लिङ नगरपालिका—६ का वडा अध्यक्षका अनुसार ६ नम्बर वडा क्षेत्रमा पर्ने बाजोगरा देखि लाकुरी जोड्ने १८८ मिटर पदर्माग निर्माण भएको छ । सो पदर्माग निर्माण गर्नका पाँच लाख रुपैयाँ खर्च भएको वडा पालिकाले जनाएको छ । पाँच लाख रुपैयाँ खर्च गरेर गौरीगाउँ देखि बगरबारी जाने १७० मिटर पदमार्ग निर्माण गरिएको छ । पाँच लाख रुपैयाँ बजेटमा पन्थेबारी देखि उमा गुरुङको घर सम्म २३२ मिटर पदमार्ग निर्माण गरेको फुङ्लिङ नगरपालिका—६ का वडा अध्यक्ष मदन गुरुङले बताउनुभयो । गुरुङका अनुसार आठ लाख रुपैयाँ बजेटमा तिनवरे इन्डियन वेलफेयर,फुङ्लिङ पदमार्ग, ओखर पिपलबोट सम्म ३०० मिटर पैदल मार्ग निर्माण भएको छ ।
त्यस्तै आठ लाख रुपैयाँ बजेटमा ओखर पिपलबोट ३२२ मिटर पैदाल मार्ग निर्माण भएको वडा अध्यक्ष गुरुङले बताउनुभयो । पाँच लाख रुपैयाँ खर्च गरेर दिलेन्द्र गुरुङको घर छेउ सम्म ५८ मिटर पदर्मा निर्माण भएको छ । गैरीगाउँ हुदै बगरबारी सम्म १६२ मिटर पदैल मार्ग निर्माण गरिएको छ । त्यस्तै बाजोगरा चौतारा देखि लाखुरी जाने पदमार्ग २५० मिटर निर्माण गरिएको छ । सो पदर्मार्ग निर्माण ५ लाख १७ हजार रुपैया खर्च भएको वडा पालिकाले जनाएको छ ।
त्यस्तै ४५ लाख रुपैया बजेट खर्च गरेर होक्तक देखि ओख्रे गौरी गाउँ हुदै सेतीदेवि मन्दिर जानका लागि २१६ मिटर पदमार्ग निर्माण गरिएको वडा प्रविधिक मञ्जु बस्नेतले बताउनुभयो । त्यस्तै प्रधानमन्त्री रोजगार अन्तर्गत पन्थेबारी देखि उमा गुरुङको घर सम्म २०४ मिटर पदमार्ग निर्माण भएको बस्नेतले बताउनुभयो । बगरबारी विद्यालय जाने पदानर्ग र सन्तविर काम्बाङको घर देखि वृद्धाश्रम डाँडा गाउँ हुदै लाकुरी जनाका लागि पदर्मागमा ७८२ मिटर सोलिङ लगाएको प्रविधिक बस्नेतले बताउनुभयो ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo