ताप्लेजुङमा अवस्थित टिप्ताला नाका शुक्रबार देखि खुल्ला गरिएको छ । कोभिड—१९ कारणले बन्द भएको नाका करिब पाँच वर्ष पछि नेपाल चीन दुई पक्षको समन्वय नाका खुल्ला गरिएको हो ।
करिब पाँच वर्ष देखि बन्द रहेको टिप्ताला नाका लामो प्रयास पछि नाका खुलेको फक्ताङलुङ गाउँपालिका—७ वडा अध्यक्ष तथा चीनको तिब्ब डिङजी काउन्टी जानकार छेतेन लामाले बताउनुभयो । लामाका अनुसार शुक्रबार नाका खुल्ला गरिएसंगै ३० जना व्यापारी चीन तर्फबाट तिब्बत प्रवेश गरेका छन् । उहाँहरुले नेपालमा उत्पादन भएको गलैँचा,दुध जन्य पदार्थ घ्यू,छुर्फी लगायका सामग्री बिक्रीका लागी लगिएको छ । फक्ताङलुङ गाउँपालिका—७ ओलाङचुगोलाका व्यापारीहरु व्यापार अध्ययन गर्नका लागि पाँच देखि १० दिन तिब्बत रहने गरी प्रवेश गरेको लामाले बताउनुभयो ।
गत बैशाख अन्तिम साता प्रमुख जिल्ला अधिकारी रवीन्द्र प्रसाद आचार्यको नेतृत्वमा सुरक्षा निकाय लगायताको एक टोली टिप्ताला नाका पुग्नुभएको थियो । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार चीन तर्फबाट तिब्बतको डिङजी काउन्टी सरकारका अधिकारी बिच समन्वयमा गत बैशाख २५ गते नाका खुलाउने समहती भएको थियो । तर चीन तर्फबाट तयारी पुरा नभएकाले गत बैशाख २५ गते नाका खुल्ला हुन नसकेको सकेन । चीन तर्फबाट तयारी पुरा गरेर आजबाट नाका खुलाएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ ।
नेपालबाट व्यापार अध्ययन गर्नका लागि पहिलो चरणमा ३० जना व्यापारीलाई तिब्बको रिउ प्रवेश गर्न गरेका छन् । तिब्बका समेत व्यापारका लागि अध्ययन गर्न अनुमति दिने गरि समझदारी भएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो । सिमावर्ती क्षेत्रमा बसोबास गर्ने ११५ जनालाई तिब्बत प्रवेशका अनुमति लिएका छन् । जिल्ला प्रशासन ताप्लेजुङका अनुसार फक्ताङ्लुङ गाउँपालिकाको—६लेलेप र ७ ओलाङचुङगोला क्षेबमा बसोबास गर्ने नागरिकहरुले अनुमति पत्र लिएका छन् । त्यस्तै मिक्वाखोला गाउँपालिका —५ पापुङका नागरिकले समेत अनुमति लिएका छन् । टिपताला नाका कोरोना संक्रमण पछि बन्द छ । कोरोना संक्रमण पछि बन्द रहेको नाका चीनको स्वशासित क्षेत्र तिब्बतले खुलाएको थिएन ।
प्रजिअ आचार्यका अनुसार नेपाली पक्षबाट यो नाका बन्द नभएकोले तिब्बती नागरिकले त्यहाँको सरकारबाट अनुमति लिएर नेपाली क्षेत्र प्रवेश गर्न सक्ने वातावरण भने खुल्लै थियो । तिब्बत सरकारबाट नाका बन्द कायम रहेकोले आवात–जावत भने हुन सकेको थिएन । ५ हजार २०० मिटर उचाईको नेपाल–चीनको स्वशासित क्षेत्र तिब्बतको नाका टिप्ताला पुगेको नेपाली अधिकारीको टोलीले नाका सञ्चालन र यातायात सहजताका बिषयमा त्यहाँका अधिकारीसँग छलफल समेत भएको आचार्यले बताउनुभयो ।
ओलाङचुङगोला,लेलेप र पापुङमा गरी करिव २४ जना नागरिक नाका बन्दका कारण लामो समय देखि आफ्नो माइतीघर सम्म जान पाएका थिएन । आचार्यका अनुसार टिपताला नेपाल–तिब्बतको महत्वको व्यवसायिक नाका समेत भएकोले द्धिदेशीय व्यपार प्रवद्र्धनमा समेत यो नाकालाई भरपूर उपयोग गर्नुपर्ने बताउँछन् । ‘व्यवसायिक हिसावले यो नाका महत्वको छ,यसलाई उपयोग गर्नेगरी सबै पक्षबाट सहयोग र समन्वय जरुरी छ’उहाँले भन्नुभयो । नाका समयमै खुल्ला हुन नसक्दा सिमावर्ती बस्तिका समुदायहरुलाई सास्ती खेप्दै आएका छन् । आलोचुङगोलामा उत्पादन गरिएको गलैँचाहरु मुख्य बजार तिब्बती बजारहरु राम्रो मुल्यमा बिक्री हुने गर्दछ । तर लामो समय सम्म नाका खुल्ला हुन नसकेसंै ओचालाङचुगोलामा उत्पादनभएका गलैँची बिक्री हुन सकेको छैन । हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायहरुको प्रमुख पुर्खौली पेशा पशुपालनमा(याक) निर्भर हुदै आएको छ । चीनका बजारमा चौंरी याकहरुको माग राम्रो छ । यहाँका चौंरी याक चीन निर्यात गर्नका लागि चौंरी याक गोठलाई मुख्य पेशाको लिएका छन् । लामो समय चीनमा चौंरी याक निर्यात हुन सकेको छैन । चौंरी याक निर्यात हुन सक्दा किसानलाई आर्थिकरुपमा समेत संकट बेर्होनु परेको मिक्वाखोला गाउँपालिका—५ का चौंरी याक पालक मिलन दोर्जेले बताउँनुभयो । .. पाँच हजार २०० सय मिटर उचाइमा नेपालर चीन सीमाना टिपताला भञ्ज्याङमा दुई साता अगाडी मात्र पहिलो पटक नेपाली गाडी(ट्याटर) पर्याएको थियो । सडक निर्माण कम्पनीका ठेकदार पेम्बा ठिले शेर्पा छ वर्षदेखिको मेहिनेत सफल भएको बताउनुभयो । उत्तर–दक्षिण (मुलघाट–दोभान–ओलाङचुङगोला) सडक आयोजनाका प्रमुख सुदर्शन कार्की सीमानामा नेपाली गाडी पुगेपछि यो ठेक्का सम्पन्न भएको बताउँछन् । ताप्लेजुङ सदरमुकाम फुङलिङबाट टिपताला भञ्ज्याङको दुरी ८५ किलोमिटर छ । आयोजनाका म्यानेजर राजीव लामिछानेका अनुसार ट्र्याक्टर सदरमुकाम फुङलिङबाट सीमानासम्मै पुग्छ । अन्य साना सवारी भने लेलेप र ओलाङचुङगोला जोड्ने सुकेपानीको तमोर नदीमा तार्न सकिदैन । सडक निर्माणमा द्विदेशीय सीमाना नजिकैको बस्ती ओलाङचुङगोलामा जन्मिएकाहरुको त्यतिकै योगदान छ । यहाँ जन्मेर देश विदेशमा रहेकाहरुले दुई करोडभन्दा बढी रकम संकलन गरेर सीमानादेखि बस्तीसम्मको २४ किलोमिटर सडक खनाएका थिए । चीनको वुहानमा कोरोना संक्रमण देखिएपछि आवत जावत र सडक बन्द भएको नाका शुक्रबार खुलाएको हो । ‘पहिलो चरणमा छिमेकी देशबाट मेसिन र सवारी ल्याएर गाडी चड्ने रहर पुरा ग¥यौँ,’ फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन शेर्पाले भन्नुभयो, ‘थालेको १० वर्षपछि आफ्नै देशबाट सवारी पु¥याएर सपना साकार भएको छ ।’ तमोर नदीको उद्धगम स्थल समेत रहेको टिपताला भञ्ज्याङदेखि तमोरको किनारै किनार धनकुटाको मुलघाट, भेडेटार हुककदै बिराटनगरको रानी भन्सारसम्मको दुरी करिव ३०० मिटर रहेको सडक कार्यालयले जनाएको छ । त्यसैले यो सडकलाई उत्तर तर्फको सबैभन्दा छोटो दुरीको सडक भएको सडक कार्यालयको दावी छ ।….