फागुन २१ गते २०८२
03:21: PM
फागुन २१ गते २०८२
03:21: PM

फुङ्लिङमा आज सार्वजनिक बिदा

जेठ ३ गते २०८१
6:08 am
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले आज देखि सुरु हुने ताप्लेजुङ पर्यटन महोत्सव तथा अन्तर पालिकास्तरीय मेयर कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटनमा एक दिन स्थानीय सार्वजनिक बिदा दिएको हो ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलले सूचना जारी गर्दै फुङ्लिङ नगरपालिकामा बिहीबार एकदिनका लागि सार्वजनिक बिदा दिएको उल्लेख गर्नुभएको छ । बिदाको दिन अत्यावश्यक सेवाबाहेक नगरपालिका कार्यालय, सबै वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्थाहरु बन्द हुने छन् । फुङ्लिङ नगरपालिकाको आयोजनामा अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता बिहीबार सुरु हुनेछ भने ताप्लेजुङ पर्यटन महोत्सव पनि सोही दिनदेखि सुरु हुँदैछ । सदरमुकाम फुङ्लिङमा आयोजना गरिएको पाँच दिने पर्यटन महोत्सव जेठ ७ गते सोमबार सम्पन्न हुनेछ। फुङ्लिङ नगरपालिकामा ११ वटा वडा छन् ।…

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo