भाद्र १९ गते २०८२
04:22: PM
भाद्र १९ गते २०८२
04:22: PM

टिफर तमोर नदीमा खस्दा मेकानिक बेपत्ता

भाद्र ९ गते २०८२
4:41 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा टिफर दुर्घटना हुँदा एक मेकानिक बेपत्ता भएका छन् । तमोर करिडोर सडक खण्डमा मंगलबार दिउँसो तमोर फाइभ हाइड्रोपावरको ग १क ६३१८ नम्बरको टिफर चेक गर्ने क्रममा दुर्घटना हुँदा मेकानिम बेपता भएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक वस्नेतका अनुसार तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका–४ बस्ने २४ वर्षीय सुदिप सुबेदी बेपत्ता भएको हो । बिग्रिएको टिफर बनाउन खोज्दा अचानक सडकबाट करिब २५ मिटर तल तमोर नदीमा खसेको थियो । घटनाबारे दिउँसो साढे २ बजेतिर जानकारी प्राप्त भएपछि प्रहरी चौकी लुङथुङबाट प्रहरी निरीक्षक टंकबहादुर बस्नेतको कमाण्डमा टोली खटिएको थियो । टोली पुगेपछि टिफर नदीमा उत्तानो परेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । तर, मेकानिक सुबेदी भने फेला परेका छैनन् । उहाको खोजतलास जारी रहेको प्रहरीले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । ….

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo