भाद्र १९ गते २०८२
04:22: PM
भाद्र १९ गते २०८२
04:22: PM

तेस्रो अन्तर्राष्ट्रिय ताप्लेजुङ गोल्डकपमा आठ टोलीको प्रतिस्पर्धा

श्रावण ४ गते २०८२
5:08 pm
Author Avatar
फक्ताङलुङ दर्पण

लाखे जात्राको अवसरमा साउन २४ देखि ३१ गतेसम्म फुङ्लिङमा आयोजना

ताप्लेजुङ — ताप्लेजुङमा हुने तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा आठ टोली सहभागी हुने भएका छन्। लाखे जात्राको अवसर पारेर साउन २४ देखि ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगिता सदरमुकाम फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछ।

लाखे जात्रा सञ्चालन समितिले आइतबार पत्रकार सम्मेलनमार्फत प्रतियोगितामा सहभागी हुने टोलीहरूको नाम सार्वजनिक गरेको हो।

आयोजक समितिका अध्यक्ष सागर मादेनका अनुसार सहभागी टोलीहरूमा आयोजक तेल्लोक स्पोर्टिङ क्लबसहित निम्न क्लबहरू रहेका छन्:

  • फिदिम स्पोर्टिङ क्लब, पाँचथर
  • रेड स्टार फुटबल क्लब, झापा
  • द यङ ब्रदर्स क्लब, इटहरी (सुनसरी)
  • सहलेस युवा क्लब, सिराहा
  • चर्च ब्वाइज क्लब, काठमाडौं
  • सहारा क्लब, पोखरा
  • लेजेन्ड फुटबल एकेडेमी, सिलिगुढी (भारत)

प्रतियोगिताको विजेता टोलीले नगद ७ लाख २ हजार ८२ रुपियाँ प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख ५० हजार ८२ रुपियाँ पुरस्कार पाउनेछ।

त्यसैगरी उत्कृष्ट खेलाडीलाई २० हजार रुपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिनेछ। सर्वाधिक गोलकर्तासहित उत्कृष्ट गोलरक्षक र अन्य विधामा उत्कृष्ट ठहरिएका खेलाडीहरूले जनही १५ हजार रुपैयाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगिता हेर्न चाहने दर्शकका लागि टिकट दर पनि सार्वजनिक गरिएको छ। आयोजक समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार क्वार्टरफाइनलको टिकट दर १०० रुपैयाँ, सेमिफाइनलको २०० रुपैयाँ र फाइनलको लागि २५० रुपैयाँ तोकिएको छ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo