भाद्र १९ गते २०८२
04:21: PM
भाद्र १९ गते २०८२
04:21: PM

मुक्कुमलुङ साहित्य प्रतिष्ठान गठन, अध्यक्षमा हेल्लोक

श्रावण ४ गते २०८२
5:02 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङ — ताप्लेजुङमा साहित्यको प्रवर्द्धन, संरक्षण र समावेशी विकास गर्ने उद्देश्यसहित मुक्कुमलुङ साहित्य प्रतिष्ठान गठन गरिएको छ।

साहित्यमा कलम चलाउँदै आएका स्थानीय साहित्यकारहरूको जिल्ला भेलाले प्रतिष्ठान गठन गरेको हो। फुङ्लिङमा आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत जिल्ला भेलाबाट चयन गरिएको २९ सदस्यीय कार्यसमिति सार्वजनिक गरिएको हो।

प्रतिष्ठानको अध्यक्षमा मनिष हेल्लोक चयन भएका छन्। उपाध्यक्षमा मणि सेम्बु, नवराज आचार्य र मुक्साम लाबुङ रहेका छन्। महासचिवमा पोमु केत्छाङ र सीता ‘पिरती’ साँवा, सचिवमा देवानसिंह मादेन, सहसचिवमा केवी किराती तथा कोषाध्यक्षमा लीला ‘आँसु’ सुनुवार चयन भएका छन्।

प्रतिष्ठानले गठनसँगै आफ्ना प्राथमिक तीन कार्ययोजना सार्वजनिक गरेको छ।
१. साहित्यिक समावेशीता र संरक्षण,
२. साहित्यिक कार्यक्रम र प्रशिक्षण सञ्चालन, र
३. मुक्कुमलुङ साहित्य सम्मान स्थापन

यी तीन कार्ययोजनालाई तत्काल कार्यान्वयनमा लैजाने तयारी भइरहेको अध्यक्ष हेल्लोकले जानकारी दिए।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo