असार २९ गते २०८२
03:38: AM
असार २९ गते २०८२
03:38: AM

हेवा खोलाको डाइभर्सन सञ्चालनमा, यातायात सेवा पुनः सुरु

असार २५ गते २०८२
9:11 am
Author Avatar
फक्ताङलुङ दर्पण

पाँचथर, असार २५ – लगातारको वर्षाले अबरुद्ध भएको पाँचथरको हेवा खोलाको डाइभर्सन पुनः सञ्चालनमा आएको छ। मेचीराजमार्ग अन्तर्गत फिदिम–४ र हिलिहाङ–७ जोड्ने यस खण्डमा मंगलबार राति आएको बाढीले डाइभर्सनमा क्षति पु¥याएपछि यातायात पूर्णरूपमा ठप्प भएको थियो।

बुधबार बिहान सडक डिभिजन कार्यालय इलाम, सुरक्षा निकाय र स्थानीयवासीहरूको समन्वयमा डाइभर्सन मर्मत कार्य सम्पन्न भई सवारी आवागमन सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी कौशल कुमार बुढाथोकीले जानकारी दिए।

हेवा खोला पाँचथरको हिलिहाङ, याङवरक र छिमेकी जिल्ला ताप्लेजुङसँग आवतजावत गर्ने मुख्य मार्ग हो। खोलामा पटकपटक बाढी आउँदा अस्थायी डाइभर्सन र बेली ब्रिजमा क्षति पुग्ने गरेको छ। अहिले पनि अस्थायी डाइभर्सनकै माध्यमबाट यातायात सञ्चालन भइरहेको छ।

गत जेठ ३१ गते निर्माणाधीन बेली ब्रिज भाँचिँदा तीन जनाको ज्यान गएको थियो। त्यसयता डाइभर्सनकै भरमा यातायात सेवा सञ्चालन हुँदै आएको छ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo