चट्याङ लागेर घाइते भएका देवानको उपचारको क्रममा मृत्यु
Phaktanglung Darpan
असार २४ गते २०८२
9:14 pm
फक्ताङलुङ दर्पण
ओमेन्सा राई÷ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–३ आंखोपमा चट्याङ लागेर घाइते भएका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ।
मंगलबार साँझ ५ः२० बजे परेको चट्याङले ३९ वर्षीय राजकुमार देवानलाई घाइते बनाएको थियो। उनलाई उपचारका लागि साब्लाखु स्वास्थ्य चौकी पुर्याइएको थियो। स्वास्थ्यकर्मीले उनलाई अस्पतालमा मृत घोषणा गरेको सञ्जीव देवानले जानकारी दिएका छन्।
हाल देवानको शव साब्लाखु स्वास्थ्य चौकीमा राखिएको छ। पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल पठाउने तयारी भइरहेको स्थानीय स्रोतले जनाएको छ।