मंगलबार अपराह्नदेखि परेको अविरल वर्षासँगै आएको बाढीले पाँचथरको हेवा खोलामा निर्माण गरिएको डाइभर्सनमा क्षति पुर्याएपछि मेची राजमार्गको पाँचथर–ताप्लेजुङ खण्ड अवरुद्ध भएको छ
खोलामा पानीको सतह डाइभर्सनमाथि पुगेपछि माथिल्लो भागका ढुङ्गा र बालुवा बगाउँदै बाढीले सडक नै क्षतिग्रस्त बनाएको हो। त्यससँगै साँझ साढे ६ बजेदेखि सो राजमार्ग खण्डमा सवारी आवागमन पूर्णरूपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
सदरमुकाम फिदिमसहित तल्लो क्षेत्रमा करिब एक साता खडेरी परेको थियो। तर, फालेलुङ र फिदिमको माथिल्लो भेगमा मंगलबार अपराह्नदेखि लगातार पानी परेपछि हेवा खोलामा बाढी आएको हो।
प्रहरी निरीक्षक रुपेश तामाङले डाइभर्सनमा क्षति पुगेको जानकारी दिँदै यात्रु र सवारी चालकलाई यात्रा अघि बाटोको अवस्थाबारे जानकारी लिन आग्रह गरेका छन्।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
