ताप्लेजुङको मैवाखोला गाउँपालिकाले दलित समुदायको मौलिक संस्कृति संरक्षणसँगै जीविकोपार्जनका माध्यमहरू सशक्त बनाउन सामग्री वितरण गरेको छ । गाउँपालिकाले ‘अध्यक्ष कोष’ कार्यक्रमअन्तर्गत एकै पटक संस्कृति र पेशामा आधारित सामाग्री प्रदान गरिएको हो ।
एक नम्बर वडाको नवजागरण दलित समूहलाई परम्परागत पहिचान जगेर्नाका लागि नौमती बाजा प्रदान गरिएको छ । गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमका अनुसार, “दलित समुदायको मौलिक संस्कृति लोप हुँदै गएकाले बाजा–गाजाको संरक्षणका लागि यो प्रयास गरिएको हो ।”
त्यसैगरी, संस्कृति संरक्षण संगै जीविकोपार्जनमा समेत टेवा पुगोस् भन्ने उद्देश्यले परम्परागत पेशा पुनर्जीवित गर्न आरन प्रदान गरिएको छ । पाकशाला सुधार र पेसागत उपकरणका रूपमा रामकुमार बिक, दलबहादुर कामी, हरिकृष्ण रहपाललाई ग्यास सिलिन्डर, सन्तोष दर्नाललाई मोटर र अन्य मेसिनसमेत वितरण गरिएको छ ।
गाउँपालिकाले दलित सशक्तीकरणका लागि सञ्चालन गरेको अध्यक्ष कोष कार्यक्रम अन्तर्गत कुल ११ लाख ६४ हजार रुपैयाँ बराबरको सामग्री तथा उन्नत जातका पशुचौपायाहरू वितरण गरिएको छ । मागमा आधारित ढंगले आएको प्रस्ताव र वडाको सिफारिसका आधारमा यी सामग्री वितरण गरिएको अध्यक्ष वनेमले बताउनुभयो ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
