असार २९ गते २०८२
09:58: PM
असार २९ गते २०८२
09:58: PM

एक महिनापछि ताप्लेजुङमा हवाई उडान पुनः सञ्चालन

असार २३ गते २०८२
3:21 pm
Author Avatar
फक्ताङलुङ दर्पण

करिब एक महिनाको अन्तरालपछि ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान पुनः सञ्चालन भएको छ । मौसम सुधार भएसंगै आज एक महिना पछि उडान भएको हो ।
लगातारको खराब मौसम र हुस्सु–कुहिरोका कारण दृश्यता कम हुँदा गत जेठ ३० गतेदेखि उडान स्थगित थियो । आज (सोमबार) मौसममा सुधार आएपछि नेपाल वायु सेवा निगमको जहाज सुकेटार विमानस्थलमा सफलतापूर्वक अवतरण गरेको निगमका ताप्लेजुङ स्टेसन इन्चार्ज नारायण कुमार कार्कीले जानकारी दिनुभयो
उहाँका अनुसार आजको उडानमा काठमाडौँबाट चार जना यात्रु ताप्लेजुङ आइपुगेका छन् भने ताप्लेजुङबाट पाँच जना यात्रु काठमाडौँ प्रस्थान गरेका छन् । बर्खायाम सुरु भएसँगै प्रतिकूल मौसमले असार यता मात्र छ वटा उडान प्रभावित भएका छन्। उडान नहुँदा टिकट लिएर कुर्दै बसेका यात्रुहरू वैकल्पिक रूपमा सवारी साधन प्रयोग गर्न बाध्य भएको इन्चार्ज कार्कीले बताउनुभयो ।
हाल सातो दुई दिन — सोमबार र शुक्रबार — काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान तालिका कायम छ । ताप्लेजुङबाट काठमाडौँसम्मको एकतर्फी भाडादर हाल नौ हजार दुई सय रुपैयाँ रहेको पनि निगमले जानकारी दिएको छ ।….

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo