असार २८ गते २०८२
06:52: PM
असार २८ गते २०८२
06:52: PM

सिदिङ्वाको साढे ४४ करोडको बजेट : पूर्वाधार र सेवा सुधारमा केन्द्रित

असार ६ गते २०८२
6:42 am
Author Avatar
फक्ताङलुङ दर्पण

सिदिङ्वा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको साढे ४४ करोड रुपैयाँको बजेट विकास र सेवा प्रवाह सुधारमा केन्द्रित हुने भएको छ।

गाउँपालिकाको केन्द्र साब्लाखुमा विहीबार सम्पन्न १७औं गाउँसभा बैठकमा उपाध्यक्ष कृष्ण कुमारी कडरियाले ४४ करोड ५२ लाख ८७ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभयो। प्रस्तुत बजेटमा ग्रामीण पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, विपद् व्यवस्थापन र सुशासन प्राथमिकता क्षेत्रका रूपमा उल्लेख गरिएका छन्।

बजेटको स्रोतमा विविधता देखिन्छ। पालिकाले आन्तरिक स्रोतबाट ५ करोड ४७ लाख ७५ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ भने संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानमार्फत १० करोड ३० लाख, राजस्व बाँडफाँडबाट ८ करोड २२ लाख र प्रदेश सरकारअन्तर्गतको समानीकरणबाट ९२ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

त्यसैगरी, प्रदेश सरकारको राजस्व बाँडफाँडमार्फत ५१ लाख ७६ हजार, रोयल्टी बाँडफाँडबाट १ लाख ५० हजार र स्थानीय राजस्व बाँडफाँडबाट ६ लाख रुपैयाँ पालिकाको खातामा आउने अपेक्षा गरिएको छ। संघीय सशर्त अनुदान भने बजेटको सबैभन्दा ठूलो हिस्सा हो, जसअन्तर्गत १९ करोड १ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

पालिकाले बजेटमार्फत गाउँमा आधारभूत सेवा सुविधा विस्तार गर्नुका साथै कृषिमा आत्मनिर्भरता, स्वास्थ्य पहुँच, शिक्षाको गुणस्तर र पर्यटन प्रवर्द्धनजस्ता बहुआयामिक कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ।

स्थानीय आवश्यकता र उपलब्ध स्रोतलाई सन्तुलनमा राख्दै तयार गरिएको यो बजेटले गाउँस्तरमा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo