असार ३० गते २०८२
08:28: PM
असार ३० गते २०८२
08:28: PM

ताप्लेजुङका किसान अलैँची ग्रेडिङ्गतर्फ, मूल्य वृद्धिको अपेक्षा

जेठ २८ गते २०८२
9:44 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङका किसानहरूले अलैँचीलाई ग्रेडिङ्ग गरेर बिक्री गर्ने तयारी थालेका छन् । ग्रेडअनुसार अलैँची बिक्री गर्दा राम्रो मूल्य पाइने भएकाले उहाहरू व्यवस्थित तरिकाले उत्पादन छानफान गरेर बजारमा पठाउने योजनामा जुटेका छन् ।

हालै कामाक्षा एग्रो एण्ड इन्जिनियरिङ्ग प्रालिले ताप्लेजुङका विभिन्न स्थानहरूमा अलैँची ग्रेडिङ्ग मेसिनहरूको नमुना परीक्षण गरेको छ । प्रालिले उत्पादन गरेको गोलाकार अलैँची ग्रेडिङ्ग मेसिनले घण्टामा २६९ केजीसम्म ग्रेडिङ्ग गर्न सक्ने क्षमता राख्ने बताइएको छ । विद्युत आवश्यक नपर्ने भएकाले ग्रामीण क्षेत्रका किसानका लागि यो मेसिन उपयोगी हुने कम्पनीको दाबी छ ।

कम्पनीले भाइब्रेटिङ्ग र हाते ग्रेडिङ्ग मेसिन पनि उत्पादन गरी विक्री वितरण गर्दै आएको छ । प्रालिका निर्देशक कृष्ण अधिकारीका अनुसार यी उपकरणहरूले किसानलाई गुणस्तरीय उत्पादन छुट्याउन सहयोग पुग्नेछ ।

किसानहरूले अलैँचीलाई ठूला, मध्यम र साना गरी चारवटा ग्रेडमा विभाजन गरेर बिक्री गर्ने योजना बनाइरहेका छन् । ग्रेडअनुसार मूल्य फरक हुने भएकाले राम्रो आम्दानीको आशा गरिएको छ ।

कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार हाल जिल्लामा चार हजार ३०४ हेक्टर क्षेत्रफलमा अलैँची खेती भइरहेको छ । उत्पादनमा गिरावट आए पनि गुणस्तर सुधार गरी बजारमा प्रतिस्पर्धी बन्ने प्रयासस्वरूप किसानहरू ग्रेडिङ्ग प्रणालीतर्फ उन्मुख भएका हुन् ।…

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo