नेपाली मौलिक बाजाहरु आधुनिकताको लहरसँगै अस्तित्व संकटमा पर्दै गएका छन् । युवापुस्ताले परम्परागत संस्कृतिप्रति चासो नदेखाउन थालेपछि गाउँघरका लोक वाद्यहरू लोप हुने अवस्थामा पुगेका छन् ।
कुनै समय थियो, जब गाउँमा विवाह, भोज, र अन्य शुभ अवसरहरू पञ्चेबाजाको धुनले गुञ्जिन्थ्यो । तर अहिले त्यो धुन न सुन्न पाइन्छ, न देख्न। नयाँ पुस्तालाई त पञ्चेबाजा के हो भन्ने नै थाहा छैन ।
पञ्चेबाजा पाँच फरक–फरक बाजाको समूह हो—दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई। यी सबै बाजा ताल मिलाएर एकैसाथ बजाइन्छ । शुभकार्यमा बजाइने यस मंगल धुनले समारोहलाई अझै उत्सवमय बनाउने गथ्र्यो ।
विगतमा यो बाजा विषेश गरी दमाई समुदायले बजाउने गर्थे । अहिले केही अन्य समुदायले पनि बजाउन थालेका छन्, तर त्यो संख्या निकै कम छ । सम्बन्धित निकायहरूले संरक्षण र प्रवद्र्धनमा चासो नदिँदा यो परम्परा लोप हुने अवस्थामा पुगेको छ ।
नौमती बाजा पनि संकटमा पञ्चेबाजाकै बृहत् स्वरूप हो—नौमती बाजा । यसमा दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल र नरसिंगा गरी नौ वटासम्म बाजा समावेश हुन्छन् । दमाहा र सहनाई दुई–दुईवटा हुने भएकाले यसलाई ’नौमती’ भनिएको हो । पञ्चेबाजासँगै यसको प्रयोग पनि घट्दो क्रममा छ । यी बाजाहरू नेपाली समाजको सांस्कृतिक पहिचानसँग मात्र होइन, पीढीगत संस्कार र परम्परासँग पनि जोडिएका छन् ।
स्थानीय सरकार, समुदाय र सांस्कृतिक संस्थाहरूले संरक्षण तथा प्रवद्र्धनमा चासो नदिए यो बाजा कागजको पानामा सीमित हुनेछ । पञ्चेबाजाको ताल अब घर–गाउँमा होइन, संग्रहालयको सन्दर्भ सूचीमा मात्र भेटिने खतरा छ ।, मौलिक बाजासँगै हाम्रो सांस्कृतिक आत्मा नै हराउन सक्ने छ ।