नेपालको पूर्वी पहाडी भूभागमा जैविक विविधता र वन स्रोतको संरक्षण तथा दिगो व्यवस्थापनका लागि एक दिने तालिम कार्यक्रम सम्पन्न भएको छ । सोमबार मैवाखोला गाउँपालिका–३, साङ्खुमा आयोजित उक्त तालिम डिभिजन वन कार्यालय ताप्लेजुङको आयोजनामा सम्पन्न भएको हो ।
तालिममा स्थानीय सरोकारवालाहरू, डिभिजन वन कार्यालयका कर्मचारी, संरक्षण समूहका सदस्यहरू तथा वन उपभोक्ता समूहका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको मुख्य उद्देश्य स्थानीय स्तरमै दिगो भूमि व्यवस्थापन भूमि क्षयीकरण तटस्थता र जैविक विविधताको संरक्षण र संवर्धनका उपायहरूबारे जानकारी दिनु रहेको थियो । सहभागीहरूलाई वन, भूमि तथा जैविक स्रोतको वैज्ञानिक र समुचित उपयोग, वातावरणीय सन्तुलन कायम राख्ने उपाय, र दीगो व्यवस्थापनका रणनीतिहरूको विषयमा जानकारी दिइएको थियो ।
नेपालमा जैविक विविधतामाथि देखिएको मुख्य चुनौती वन विनाश, सिमसार क्षेत्रको अतिक्रमण, तथा पर्यटनसँग सम्बन्धित गतिविधिहरू विषयमा प्रशिक्षण गरिएको डिभिजन वन कार्यालय ताप्लेजुङको कार्यालय प्रमुख ललित यादमले बताउनुभयो । कृषि विस्तार, पूर्वाधार विकास र शहरीकरणले वन क्षेत्र घट्दै गएको छ जसले जैविक विविधता संकटमा पर्दै गएको यादवले बताउनुभयो ।
त्यसैगरी, पर्यावरणीय पर्यटनको उचित व्यवस्थापनले स्थानीय रोजगारी, आय आर्जन र संरक्षणमा सकारात्मक भूमिका खेल्न जनाएको छ । तालिमबाट स्थानीय तहमा संरक्षणप्रतिको चेतना र क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुगेको आयोजकको भनाइ छ ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
