असार २९ गते २०८२
12:54: PM
असार २९ गते २०८२
12:54: PM

लिम्बू पत्रकार संघ ताप्लेजुङको अध्यक्षमा फुरुम्बो

जेठ १३ गते २०८२
7:24 pm
Author Avatar
फक्ताङलुङ दर्पण

स्थानीय स्तरमा समावेशी पत्रकारिता, भाषिक अधिकार र पहिचानलाई केन्द्रमा राख्दै ताप्लेजुङमा लिम्बू पत्रकार संघको नयाँ नेतृत्व चयन गरिएको छ। मंगलवार सम्पन्न चौथो जिल्ला अधिवेशनले सञ्चारकर्मी कृष्ण फुरुम्बो (लिम्बू)लाई सर्वसम्मत अध्यक्षमा चयन गर्दै संस्थालाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ।

नवगठित कार्यसमितिमा उदय खुदाङ उपाध्यक्ष, साहारा लिम्बू सचिव, बसन्त लाबुङ सहसचिव र मनु (लिम्बू) माबो कोषाध्यक्षमा चयन भएका छन्। साथै, अनमोल लिम्बू, नविना लिम्बू, सोस्ना लिम्बू र सिता माबो (लिम्बू) कार्यसमिति सदस्यको जिम्मेवारीमा पुगेका छन्। संघको प्रदेश प्रतिनिधिका रूपमा माला पालुङ्वा, लोकेश लिबाङ र साहारा लिम्बू चयन भएका छन्।

कार्यक्रम लिम्बू पत्रकार संघका केन्द्रीय कोषाध्यक्ष दिलकुमार फेम्बुको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा केन्द्रीय सदस्य गंगा लिङ्खिम र सल्लाहकार चन्द पन्दाक (लिम्बू) केन्द्रीय पुर्व सचिव माला पालुङवा र विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

संघले आगामी कार्यकालमा स्थानीय भाषामा सामग्री उत्पादन, ग्रामीण पत्रकारको क्षमतावृद्धि, र सामाजिक समावेशीतालाई प्राथमिकता दिने घोषणा गरेको छ। अध्यक्ष फुरुम्बोले “संघले पहिचानसहितको पत्रकारिता अभ्यासमा स्थानीय युवालाई प्रेरित गर्नेछ” भन्दै नयाँ कार्ययोजना अगाडि सार्ने प्रतिबद्धता जनाएका छन्।

सञ्चार क्षेत्रलाई मौलिकता र समुदायसँग जोड्ने उद्देश्यले अगाडि बढेको संघको यो नेतृत्व परिवर्तनले ताप्लेजुङमा समावेशी र उत्तरदायी पत्रकारिता अभ्यास थप सशक्त हुने विश्वास गरिएको छ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo