असार ३० गते २०८२
12:13: AM
असार ३० गते २०८२
12:13: AM

शार्फु—४ पिकको पहिलो सफल आरोहण

चैत्र १५ गते २०८१
6:27 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिकामा अवस्थित शार्फु—४ पिक(हिमाल)पहिलो पटक सफलतापूर्वक आरोहण गरिएको छ । नेपाली आरोहीहरूसँगै एक विदेशी नागरिकले हिमालको सफल आरोहण गरेका छन् ।
शनिबार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा आरोहण दलका सदस्य लाक्पा छिरिङ शेर्पाले चिलीका नागरिक हर्नान लील, नेपाली आरोही नगाडा शेर्पा र पूणिमा श्रेष्ठले संयुक्त रूपमा शार्फु—४ पिकको सफल आरोहण गरेको बताउनुभयो ।
शार्फु—४ पिक ६ हजार ४३३ मिटर अग्लो हिमाल हो, जुन विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रभित्र पर्छ । आरोहण दलका अनुसार गत बुधबार दिउँसो ३ बजे पहिलो पटक शार्फु—४ को शिखरमा मानव पाइला टेक्न सफल भएको हो । आरोहणलाई एक्स्ट्रिम क्लाइम्बर्स ट्रेक्स एण्ड एक्सपिडिसन प्रालीले व्यवस्थापन गरेको थियो । आरोही पूणिमा श्रेष्ठका अनुसार यो अभियान निकै चुनौतीपूर्ण भए पनि टोलीको दृढ संकल्प र परिश्रमकै कारण सफल हुन सम्भव भएको बताउनुभयो ।
यसअघि, गत कात्तिक महिनामा चार जना दक्षिण कोरियाली नागरिकहरूले शार्फु—५ पिकको सफल आरोहण गरेका थियो । शार्फु—४ को सफल आरोहणले कञ्चनजंघा क्षेत्रको पर्वतारोहण पर्यटनलाई नयाँ उचाइ प्रदान गर्ने विश्वास गरिएको छ । ….

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo