ताप्लेजुङमा इटालियन नागरिकको दुर्घटनाः हेलिकप्टरमार्फत काठमाडौं रेफर
ताप्लेजुङमा निर्माण भइरहेको हाइड्रोपावरमा कार्यरत एक बिदेशी नागरिक लडेर गम्भीर घाइते भएको छ । घाइते हुनेमा इटालियन नागरिक बजे ५६ वर्षीय सर्जियो फेटोजा घाइते भएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी विवेक बस्नेतका अनुसार मेरिङदेन गाउँपालिका–३ खाम्लुङमा रहेको युनाइटेड मेवा हाईड्रोपावर लिमिटेडमा कार्यरत इटालियन नागरिक कार्यस्थलमा लडेर गम्भीर घाइते भएका छन् । विहिबार ३ः३० बजे ५६ वर्षीय सर्जियो फेटोजा हाईड्रोपावरमा काम गर्ने क्रममा लडेर घाइते भएका हुन् । उहाँलाई सोही दिन साँझ ६ः३० बजे उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङमा ल्याइएको थियो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार फेटोजाको बाँया हातको नाडीको हड्डी भाँचिएको, नाकबाट रगत बगेको, पेटको बाँया भागमा रगत जमेको, र मलद्वार नजिकको हड्डी पनि भाँचिएको छ । घटनाको
गम्भीर घाइते फेटोजालाई थप उपचारका लागि सनिवार(आज) १२ः४५ बजे प्रभु एयरको हेलिकप्टरमार्फत काठमाडौंस्थित इस्ट मेडिकल कलेज लगिएको बस्नेतले जानकारी दिनुभएको छ ।
घटनाबारे अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
