चैत्र २७ गते २०८१
12:07: PM
चैत्र २७ गते २०८१
12:07: PM

एपी नागरिक पार्टीको धरान उपमहानगर समिति गठन

मंसिर ११ गते २०८१
8:01 pm
Author Avatar
फक्ताङलुङ दर्पण

नरेश/धरान , आमूल परिवर्तन नागरिक पार्टीको धरान उपमहानगर समिति गठन कार्यक्रम सम्पन्न भएकाे छ । साे पार्टीका केन्द्रीय अध्यक्ष दलमर्दन कामीकाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे उक्त कार्यक्रमबाट छत्रबहादुर विश्वकर्माकाे अध्यक्षतामा १९ सदस्यीय कार्य समिति चयन गरेकाे छ ।


नवगठित समितिका पदाधिकारी तथा सदस्यहरु निम्नानुसार रहेका छन् :
अध्यक्षमा छत्रबहादुर विश्वकर्मा, उपाध्यक्ष द्वय सरिता मेयाङ्बाे, पदम बहादुर शंकर , सचिवमा हिरा बहादुर राई, सहसचिव शान्ति गजमेर,सदस्यहरुमा ईन्द्र सिलवाल, एनम विश्वकर्मा, बुद्धिमान वि.क.,कमला राई (आङ्देम्बे), पदम बहादुर वि.क., राेजिना श्रेष्ठ,बिनिता विश्वकर्मा,देवकुमार लामिछाने, रन्जिता श्रेष्ठ बराईली,तिर्थमाया रामदाम,शारदा कालिकाेटे,खड्गमाया विश्वकर्मा र कैलाश कालिकाेटे रहेका छन् ।


कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि एवम् पार्टीका केन्द्रीय अध्यक्ष दलमर्दन कामीले भन्नू भयाे " याे देशमा अब नयाँ राजनीतिक शक्तिकाे उदय भैसकेकाे छ । याे मूलुकमा आमूल परिवर्तन गर्न हाम्राे पार्टी स्थापना भएकाे छ । हामी विगतका अरु पार्टीहरु जस्ताे हैनाैँ हामी त जे बाेल्छाैँ त्यहि गर्छाैँ हामी गर्न सक्ने कामकाे मात्र कुरा गर्छाैँ । नसक्ने र झुट कुरा गरेर जनतालाई भ्रममा पार्दैनाैँ " कार्यक्रममा पार्टीका उपमहासचिव नरेश क्षितिज,काेषाध्यक्ष देबेन्द्र कुमार लिम्बू,सचिवद्वय शशी विश्वकर्मा र दिलबहादुर तामाङ,केन्द्रीय सदस्य डेविट हाङ मादेन लगायतकाे उपस्थिति रहेकाे थियाे । छत्रबहादुर विश्वकर्माले संचालन गरेकाे उक्त कार्यक्रममा पार्टीका उपमहासचिव नरेश क्षितिजले नवगठित समितिकाे नामावली घाेषणा गर्नुभएकाे थियाे भने प्रमुख अतिथि दलमर्दन कामीले नवगठित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई खादा लगाएर बधाई तथा शुभकामना दिनुभएकाे थियाे ।

One thought on “एपी नागरिक पार्टीको धरान उपमहानगर समिति गठन

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo