वैशाख ४ गते २०८२
11:51: PM
वैशाख ४ गते २०८२
11:51: PM

युकेमा महागुरु फाल्गुनन्दको १४० औं जन्मजयन्ती मनाइने

कार्तिक १६ गते २०८१
8:10 pm
Author Avatar
फक्ताङलुङ दर्पण

सिक्कुम ज्ञानु फुरुम्बाे लिम्बू चरपे /युके

किरात धर्म दर्शनदाता,महान समाज सुधारक विश्व शान्तिका उदघोषक, राष्ट्रिय बिभुती महिङगुम अङसिमाङ महागुरु फाल्गुनन्द लिङदेनज्युको १४० ओैं जन्मजयन्ती कार्यक्रम आगामी १० नोभेम्बर २०२४ आईतबारका दिन बेलायतको रग्बी वारविक्शायरमा भब्य सम्पन्न हुने निश्चय भएको छ ।
किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको आयोजनामा हुन गईरहेको उक्त १४० ओैं महागुरु फाल्गुनन्द लिङदेनज्युको जन्मजयन्ती कार्यक्रममा युकेका लागि नेपाली राजदुतको प्रमुख आतिथ्य तथा स्थानीय जनप्रतिनी साथै विभिन्न सामाजिक संघ,सस्थाका प्रतिनिधीहरुको उपस्थितिमा सम्पन्न हुन गईरहेको किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका अध्यक्ष राजेन्द्र खिम्दिङले बताउनु भयो ।
हरेक बर्ष बेलायतको विभिन्न ठाउँमा बसोबास गर्दै आईरहेका किरात धर्मलवम्बी लगायत शुभचिन्तक महानु भावहरुको बाक्लो उपस्थितिमा हुने महागुरु फाल्गुनन्द जन्मजयन्ती कार्यक्रम यो पालि पनि बिगत झै भब्य सभ्य तरिकाले कार्यक्रम हुने कार्यक्रम ब्यबस्थापक संयोजक तिल विक्रम लावतीले जानकारी दिनु भयो ।
उक्त जन्मजयन्ती कार्यक्रमको अवसरमा सम्पुर्ण माङसेवा साबा,माङसेवासामा साम्दाङगेन्न वरुम्म साबा,सामा लगायत किरात धर्मलवम्बी भक्तजनहरुको उपस्थितिमा किरात साम्जिक मुन्धुम बाचन गरेर विश्व शान्ति मानव एकता सकल प्राणी रक्षार्थका निम्ति किरात साम्जीक मुन्धुम माङसेवा साबा,सेवासामाद्वारा बाचन गरि सेवा विशेष सेवा गरिने बेलायतका प्रमुख माङसेवा साबा तथा सल्लाकार मंगल सिं लिङदेन बताउनु हुन्छ ।
राष्ट्रिय बिभुती महागुरु फाल्गुनन्द लिङदेनज्युको जन्म १९४२ साल कार्तिक २५ गते आइतबारका दिन इलाम जिल्लाको माङसेबुङ गाउपालिका चुक्चिनामेबा गाउँमा जन्मनु भएका थियो । उहाले लामो समय देखि किरात समाजमा भएका बिकृति,बिसंगीका बिरुद्व महान अभियान्ता भएर लडनु भएको थियो समाजमा भएका कुमार्ग कुसंस्कारलाई अन्त्य गर्न १० लिम्बुवान १७ थुमको सुब्बा सुभाङगी गन्यमन्य भद्रभलादमीहरुको बृहत् उपस्थितिमा महाचुम्लुङ गरेर ७ बुदेँ सत्यधर्म मुचुल्का निमार्ण गर्नु भईको थियो भने समाजिक धार्मिक सुधार कार्यमा निरन्तर हिडने क्रममा बि।स २००५ सालमा ६३ बर्षको उमेरमा देहान्त भएको थियो । उनै महान मानव युग पुरुष महान समाज सुधारक महागुरु फाल्गुनन्द लिङदेनज्युको १४० ओै जन्मजयन्ती दिवस विश्व भरि भब्य हुन गईरहेको छ ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo