झिँगटीको घर इतिहासको सुगन्धसँगै हराउँदै गएको मौलिकता
Phaktanglung Darpan
कार्तिक २ गते २०८१
9:00 am
फक्ताङलुङ दर्पण
ताप्लेजुङमा सुन्दर पहाडमा पुरानो ऐतिहासिक महत्व बोकेका झिँगटी घरहरू अहिले हराउँदै गएका छन्। पहाडी क्षेत्रमा रहेका यस्ता घरहरूले स्थानीय कला र वास्तुकलालाई समेटेर स्थानीय पहिचान निर्माण गरेका थिए । अहिले, आधुनिकताको भेलले यी घरहरूको मौलिकता हराउँदै गएको छ ।
सिदिङवा गाउँपालिका—४ साब्लाखुका जुम प्रकाश गौतम अहिले करिब ९० वर्ष पुग्नु भयो । विगत गाउँमा दक्ष झिँगटीको छाना लगाउँने कालीगढ हुन । उहाँले गाउँ धेरै घरमा झिँगटी बनाएर छानो लगाउँनु भयो । उहाँका साथी कालीगढहरु सबै निधन भइसक्नु भयो । गाउँमा झिँगटीको छाना लगनाउँने कालीकट उहाँ मात्र हुन । तर उहाँ अहिले अरुको सहारामा बच्नु परेको छ । अहिले गाउँ उहाँले नै बनाएको झिँगटीको घरहरु समेत चुईन थालेका छन् । धेरैले त झत्तकाएर अर्को घर बनाएका छन् । सोही गाउँका मदन बरालको बुवाले २००४ साल अर्थत ७७ वर्ष अगाडी झिँगटीको छानो भएको घर निर्माण गरेको थियो । लामो समय भएपछि छानाबाट पानी पर्दा चुइन थाल्यो । काठहरु मकिन थाल्यो । तर बरालले बुवाले बनाएको घर भत्तकाउन मन मानेन । संरक्षण गर्नका लागि झिँगटीको छानो माथी त्रिपाल(प्लाष्टिक)ले छोपेर राख्नुभयो । तर त्यो दिर्घकालीनका लागि नभए पछि बराल झिँगटीको छाना लगाउँने कालीकट खोजे तिर लाग्नुभयो । अन्तिममा कालीगढ नपाए पछि घर भत्तकाउन बाहेक अन्य विकल्प रहेन । आफ्नो पुस्ताले पसिना बगाएर बनाएको घर भत्तकाउन मन नमी भत्तकाएर अहिले अर्कै नयाँ घर बनाएको छ । विगत २००३ साल अगाडी ताप्लेजुङमा प्रायः झिँगडीको घरहरु बनेको स्थानीय भनाइ रहेको छ ।
“विगतमा गाउँमा सबैको झिँगटीको घर थियो । तर अहिले यस गाउँमा एक घर मात्र बाँकी छ । अरु सबैले भत्तकाएर नयाँ घर बनाएको छ ।” बरालले भन्नुभयो “पछिल्लो समय कालीगढ अभवकै कारणले झिँगटीका घरहरु लोभ हुदै गएको छ ।” बरालका अनुसार मल्लकालीन शैलीमा बनेका यस्ता घरका बुट्टेदार झ्याल–ढोकाले ऐतिहासिकता झल्काए पनि सिकर्मीको अभाव, नयाँ पुस्तामा सीपको हस्तान्तरण नहुनु, र विकासे परियोजनाले यस्ता कलालाई संकटमा पार्दै लगेको छ । सिदिङवा गाउँपालिका—४ का दिलकुमार ताम्लिङ उहाँ काठमाडौं बसाइ सर्नु भयो । तर उहाँका पुर्खाले करिब ८१ वर्ष पहिले बनाएको झिँगटीको घर भने कशब पन्दाकले रेख देख गर्दै आएको छ । अहिले यस गाउँमा झिँगटीको घर भनेकै उहाँकै घर मात्र बाँकी रहेको छ । आठराई त्रिवेणी गाउँपालिकाका विभिन्न गाउँ गाउँमा झिँगटीको छाना र मल्लकालीन शैलीका कलात्मक झिँगटी घरहरु प्रसस्त देख्न पाइन्थ्यो । त्यस समयका घरमा बनेका काठका बुट्टा, ढोका, झ्यालमा कुँदिएका कलाले नेपालको प्राचीन वास्तुकलाको झल्को दिने घरहरु देख्न पाइन्थ्यो । यस्ता संरचनालाई मात्र हैन, आफ्ना पुर्खाको सम्पत्ति र गौरवको रूपमा लिने गर्दछन् । यो वास्तुकलाको शैलीको संरक्षण गरिनुपर्नेमा अधिकांश स्थानीय सहमत छन्, तर बदलिँदो समयले यहाँका समुदाय बाध्य बनाएको छ कि उहाँहरू झिँगटीको छाना हटाएर अन्य संरचना प्रयोग गर्न थालेको आठराई त्रिवेणी गाउँपालिका—५ लक्षुमन राईले बताउनुभयो ।
राईका अनुसार पछिल्लो समयमा बरु गाँ—गाउँमा झिँगटी छानाको ठाउँमा आरसिसी ढलान र कर्कटपाताले ठाउँ लिँदै गएको छ । स्थानीयहरू आफ्नो घरलाई आधुनिक बनाउन र दीर्घकालीन मजबुत बनाउने उद्देश्यले परम्परागत शैलीलाई विस्थापित गरिरहेका छन् । यो परिवर्तनले परम्परागत कला लोप गराइरहेको छ, ताप्लेजुङको मौलिकतालाई पनि खतरा पु¥याइरहेको छ । ताप्लेजुङमा कलाकृतियुक्त झिँगटी घर मर्मत गर्ने दक्ष सिकर्मीहरूको अभाव एक प्रमुख समस्या बनेको छ । परम्परागत कालीगढहरूले आधुनिक भवन निर्माणका लागि आवश्यक सीप नलिइ, परम्परागत शैलीमै समय बिताउन चाहन्थे, तर जीविकोपार्जन कठिन भएपछि उहाँहरू अन्य पेशातिर लाग्न बाध्य भए । अहिले, झिँगटी घर मर्मतको सीप नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा यस प्रकारको कलाको विस्तार छैन । कला, सीप, र स्थानीय परम्परा नै लोभहुदै गएको छ ।
झिँगटी घरहरूले ताप्लेजुङको मौलिकता झल्काउने गरेका थिए । स्थानीय बासिन्दाले पुराना झिँगटी घरहरूको संरक्षण र संवर्द्धन आवश्यक देखेका छन् । तर, संरक्षणका लागि आवश्यक जनशक्ति अभाव तथा सहयोग नपाउँदा धेरै पुराना घरहरू बिस्तारै हराउँदै गएका छन् । झिँगटी घरहरूको संरक्षणका लागि स्थानीय र राज्यस्तरमा पहल अत्यावश्यक रहेको स्थानीयहरुको भनाइरहेको छ । धेरै परिवारले लागि यो पुरानो शैली घर हटाउनु भावनात्मक चुनौती बनिरहेको छ । पिता–पुर्खाले बनाएका घरको कलालाई गुमाउँदा धेरै स्थानीय चिन्तित छन् । …