चैत्र २८ गते २०८१
05:03: PM
चैत्र २८ गते २०८१
05:03: PM

बाढी पीडितको उद्दारमा एपी नागरिक पार्टीको सक्रियता

असाेज १८ गते २०८१
7:35 pm
Author Avatar
फक्ताङलुङ दर्पण

काठमाडौं, नेपालमा हालैको बाढीले प्रभावित बस्तीहरूमा राहत तथा उद्दार कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएको आमूल परिवर्तन नागरिक (एपी) नागरिक पार्टीले निरन्तर रुपमा पीडितहरुको उद्धार र सहयोगको अभियान चलाइरहेको छ। बाढीले उत्पन्न गरेको विपद् व्यवस्थापनका लागि पार्टीले विशेष समिति गठन गरेर असोज १५ गतेदेखि उद्दार कार्यलाई औपचारिक रुपमा अघि बढाएको हो।

पार्टीको उद्दार अभियानको पहिलो चरणमा काठमाडौंको बागमती नदी किनारमा अवस्थित थापाथली बस्तीका बाढीपीडितलाई प्राथमिकतामा राखिएको छ। यस अभियान अन्तर्गत थापाथली क्षेत्रमा बाढीले पुरिएका घरहरूबाट लेदो माटो हटाउने, क्षतिग्रस्त घरहरू पुनर्निर्माणमा सहयोग गर्ने, तथा पीडितहरूलाई खानपिन, लत्ता कपडा लगायतका आवश्यक सामग्री उपलब्ध गराउने कार्य भइरहेको छ। बाढीबाट घर गुमाएका र विस्थापित भएकाहरूलाई अस्थायी बासस्थानको व्यवस्था गर्न पनि पहल भइरहेको पार्टीले जानकारी दिएको छ।

यस अभियानलाई थप विस्तारित गर्दै एपी नागरिक पार्टीले काठमाडौं उपत्यकाका अन्य बाढी प्रभावित क्षेत्रहरूमा पनि उद्दारको काम सुरु गरिसकेको छ। धोबीखोला, वंशीघाट, बल्खु, नख्खु, भैंसेपाटी, चोभार लगायतका क्षेत्रमा रहेका बाढी पीडितलाई सहयोग गर्ने योजनासहित उद्दार कार्य विस्तार भइरहेको छ।

पार्टीका उपमहासचिव नरेश क्षितिजका अनुसार, उपत्यकाबाहिरका बाढीपीडित क्षेत्रहरूमा पनि तत्काल उद्धारका लागि सबै मातहतका समितिहरूलाई निर्देशन दिइसकिएको छ। यस अन्तर्गत, देशका अन्य प्रभावित क्षेत्रहरूमा पनि उद्दार टोली खटिने तयारी भइरहेको छ। पार्टीको प्राथमिकता भनेकै बाढी प्रभावित क्षेत्रमा तत्कालीन आवश्यकताहरू पूरा गर्दै दीर्घकालीन पुनर्निर्माण र पुनर्स्थापनाको कार्यलाई निरन्तरता दिनु रहेको उनले बताए।

यस उद्दार अभियानमा पार्टीका कार्यकर्ता मात्र नभई स्थानीय युवाहरू र स्वयंसेवकहरूको पनि उत्तिकै भूमिका रहेको छ। उनीहरूले बाढीपीडितहरूलाई खाद्य सामग्री, पानी, स्वास्थ्य सामग्री, लत्ता कपडा आदि वितरण गरिरहेका छन्। थापाथलीका स्थानीय बासिन्दाले एपी नागरिक पार्टीको सक्रियताका लागि आभार प्रकट गरेका छन्।

बाढीले पुर्‍याएको क्षति र मानविय पीडालाई कम गर्न पार्टीको विपद् व्यवस्थापन समिति निरन्तर क्रियाशील रहने बताइएको छ। बाढीपछि फैलन सक्ने महामारी रोक्न र स्वास्थ्य सुरक्षाको लागि पनि सचेत रहनका लागि स्थानीय समुदायलाई सल्लाह र जनचेतना कार्यक्रम पनि चलाउने योजना रहेको क्षितिजले थप जानकारी दिए।

यस अभियानले एपी नागरिक पार्टीलाई विपद् व्यवस्थापनमा एक जिम्मेवार राजनीतिक दलको रूपमा चित्रण गरेको छ। पार्टीले राजनीतिक प्रचारप्रसारभन्दा पनि तत्काल राहत र सहयोगमा ध्यान केन्द्रित गरेर पीडितहरूको जीवनलाई सुरक्षित र सहज बनाउने प्रयास गरिरहेको छ।

One thought on “बाढी पीडितको उद्दारमा एपी नागरिक पार्टीको सक्रियता

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo